mobile

ईजी मोबाइलले ल्यायो स्क्रीनको एस्यूरेन्स सेवा  

By Anu Rana on Jun 05,2018 - 11:04

नेपालमै पहिलो पटक ‘मोबाइल एस्यूरेन्स’ सेवा सार्वजनिक भएको छ। काठमाडौंको न्यूरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको ईजी मोबाइल केयर प्रालिमा यो सेवा सार्वजनिक भएको हो। ग्राहकहरूको माझमा विश्वासिलो र भरपर्दो नाम कमाएको यस प्रालीले मोबाइल प्रयोगकर्ताहरुको मागलाई मध्यानजर गर्दै ईजी सर्भिस अन्र्तगत मोबाइल स्क्रीनको एस्यूरेन्स सेवा सार्वजनिक गर्नुको साथै ईजी सर्भिसले एस्युरेन्स सेवा अन्र्तगत नेपालमा नै पहिलो पटक स्मार्टफोनहरूको डिस्प्ले/स्क्रीन फुटे बापत फुटेको डिस्प्ले निशुल्क रुपमा फेरिदिने योजना पनि सार्वजनिक गरेको छ।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले ग्राहकले मोबाइल लिएको एक वर्षभित्र स्क्रीन फुटेमा सित्तैमा फेरिदिने यो सेवा सुरु गरेको जनाएको छ । कम्पनीका अध्यक्ष सञ्जित पौडेलले नेपालमा दूर्घटनाबस डिस्प्ले फुट्ने समस्याहरु धेरै पाइने गरेकाले ग्राहकको सुविधाको लागि यस्तो सेवा सुरु गरेको बताएका छन् । “हामीकहाँ स्मार्टफोन मर्मत गर्न आउने अधिकांश मोबाइल फोन प्रयोगकर्ताहरुले डिस्प्ले फुटेको समस्या हुने गरेको छ,” पौडेललाई उदृत गर्दै प्रेस विज्ञप्तिमा भनिएको छ, “डिस्प्ले फेर्न निकै महँगो खर्च तिर्नुपर्ने हुन्छ, एस्यूरेन्स सेवा लिने ग्राहकहरुको मोबाइल डिस्प्ले निशुल्क फेरिदिनेछौं ।” इजी मोबाइल केयरले नेपालमै पहिलो पटक यस्तो सेवा दिएको दाबी गरेको छ ।

यो योजनामा मोबाइल फोन ग्राहकहरूले कुनैपनि ब्राण्डको मोबाइलको डिस्प्लेको एस्यूरेन्स सेवा ईजी सर्भिस र ईजी सर्भिसको आधिकारिक सेवा प्रदायकबाट गराउन सक्नेछन्। यस्तो सेवा नयाँ मोबाइल किनेको एक महिना भित्र सुचारु गरिसक्नुपर्नेछ। कम्पनीले आगामी दिनहरूमा पूराना मोबाइल फोनहरूमा पनि यो योजना ल्याउने तयारी गरेको बताएको छ।

 

सेवा लिइसकेपछि ग्राहकहरूको फोनको डिस्प्ले फुटेमा एक पटकका लागि कम्पनीले निशुल्क रुपमा फेरिदिने छ। मोबाइल फोन ग्राहकहरूले यसको लागि आफ्नो व्यक्तिगत बिबरणसहित फर्म भरेर तुरुन्तै सो सेवा लिनसक्ने छन्। सो सेवा लिएको १ वर्षभित्र ग्राहकहरुको मोबाइल फोनको डिस्प्ले फुटेमा कम्पनीले निशुल्क रुपमा फेरिदिने छ।

मोबाइल फोन ग्राहकहरुले यसको लागि आफ्नो व्यक्तिगत विबरणसहितको फर्म भरेर तुरुन्तै सो सेवा लिनसक्ने छन् । सो सेवा लिएको १ वर्षभित्र ग्राहकहरुको मोबाइल फोनको डिस्प्ले फुटेमा कम्पनीले एक पटकका लागि निशुल्करुपमा फेरिदिनेछ । कम्पनीले आगामी दिनमा पानीमा परेर मोबाइल बिग्रने समस्या तथा हराएको वा चोरी भएका मोबाइल फोनहरुको लागि समेत एस्यूरेन्स योजना ल्याउने तयारी रहेको जनाएको छ । हाल उपत्यकामा मात्र रहेको यो सेवा मुलकभर लैजाने योजना रहेको कम्पनीले जनाएको छ ।

 

 

ट्याग -  ईजी मोबाइलले ल्यायो स्क्रीनको एस्यूरेन्स सेवा  

SUGGESTED ARTICLES

img
मङ्गलबारदेखि शेयर बजार अनलाइन प्रणालीमा

मंगलबारदेखि शेयर कारोवार अनलाइन प्रणालीबाट हुने भएको छ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो । स्टकका प्रवक्ता मुरहरि पराजुलीले अनलाइन कारोवार प्रणालीको सुरुआत गर्न लागिएको जानकारी दिनुभयो ।


by RSS | Nov 05

img