mobile

आँखाको समस्या महिलामा धेरै

By RSS on Jun 05,2018 - 13:43

महोत्तरी जिल्लाका धेरैजसो महिलामा आँखाको समस्या देखिएको छ । नेपाल रेडक्रस सोसाइटी र नेपाल नेत्रहीन संघ पुनःस्थापना कार्यक्रमका जिल्ला शाखाले आर्थिक वर्ष २०७४/७५ मा जिल्लाका विभिन्न भेगमा सञ्चालन गरेको १० भन्दा बढी शिविरमा आँखा जाँच गराएकामध्ये ७० प्रतिशत महिलामा जटिल समस्या देखिएको हो ।आँखाको जटिल समस्या भएकाहरू धेरैजसो ५० वर्ष नाघेका पाइएको पुनःस्थापना कार्यक्रमका कार्यकारी निर्देशक अमृत राईले जानकारी दिनुभयो । “यही जेठ १३–१९ सम्म जिल्लाका चार स्थानमा शिविर चलायौँ”,सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले भन्नुभयो, “जस्मा उपचार गराउने ६५३ मध्ये ३४३ महिला आँखाको समस्याबाट ग्रसित भएको पाइयो भने ७९ जनामा त मोतिबिन्दूकै समस्या रहेछ ।” महिलामा आँखाको समस्या बढी देखिनुमा चुलोचौकाको काम नै मुख्य कारण रहेको चिकित्सकले औँल्याएका छन् । तराईमा प्राय झुम्म बस्ती हुने, चारैतिरबाट घेरिएको झ्याल नभएको स्थानमा खाना पकाउँने गर्नाले हुँदा धुवाँ रुमल्लिेर महिलामा आँखाको समस्या धेरै हुने गरेको शिविरमा संलग्न नेत्र विशेषज्ञ डा नवीन साहले बताउनुभयो । भान्सा कोठाको परिवेशसँगै बढी धुवाँ आउने गुइँठा पनि आँखाको समस्या बढाउने कारक भएको पाइएको उहाँको भनाइ थियो । 

रेडक्रसले सञ्चालन गरेका शिविरमा पनि आँखा जाँच गरिएका बिरामीमध्ये महिलाको संख्या नै बढी पाइएको छ । आर्थिक वर्ष २०७४/७५ को हालसम्मको अवधिमा रेडक्रसले सञ्चालन गरेका शिविरमा आँखा जाँच गराउने करिव एक हजारमा झण्डै ६०० महिला रहेका रेडक्रसका जिल्ला सभापति दीपक मिश्रले बताउनुभयो । बर्दिवास आँखा अस्पतालमा पनि आँखाको उपचार गराउनेहरूमा महिला नै बढी भेटिएका छन् तर गर्मीयाममा खेतीपातीको काम बढेपछि आखाँ उपचार गराउनेमा पुरुषको संख्या बढ्ने गरेको छ । जेठदेखि भदौ १५ सम्म पुरुष बिरामी बढी हुने र अन्यबेला आँखाको समस्या लिएर आउनेमा महिलाकै संख्या बढी देखिने गरेको अस्पताल सञ्चालक बोर्डका अध्यक्ष मुकुन्दप्रसाद पौडेलले बताउनुभयो । 

आँखाको नियमित सरसफाइ नगर्दा र धुलो, धुवाँबाट बच्न नसक्दा बढीजसोमा आँखाको समस्या बढ्ने गरेको उक्त अस्पतालका आँखा चिकित्सक डा डिनाले जानकारी दिनुभयो । (रासस) 

ट्याग -  आँखाको समस्या

SUGGESTED ARTICLES

img
एसइईको नतिजा एक साताभित्र

माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत दोस्रो साता लिएको परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सबै उत्तर पुस्तिका सम्परीक्षण गरी विद्यार्थीको नम्बर चढाउने र रुजू गर्ने काम भइरहेको जानकारी दिनुभयो ।


by RSS | Jun 18

img