mobile

कपडाको मैत्रीपूर्ण झोला वितरण

By RSS on Jun 05,2018 - 14:01

 

विश्व वातावरण दिवसका उपलक्ष्यमा ‘प्लास्टिक प्रदूषण निर्मूल पारौंँ, पुनः प्रयोग गर्न नसके बहिष्कार गरौंँ भन्ने नाराका साथ आज यहाँ प्रभातफेरि गरिएको छ । प्रदेश नं १, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र विराटनगर उपमहानगरपालिकाबाट संयुक्त रुपमा आयोजित प्रभातफेरि नगरको मुख्य/मुख्य भागको परिक्रमापछि विराटनगर–६ स्थित शैलेश मन्दिरमा पुगी कोणसभामा परिणत भएको थियो । प्रभातफेरिमा प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियत, महानगर प्रमुख भीम पराजुली र उपप्रमुख इन्दिरा कार्की, प्रदेशका सुरक्षा निकायका प्रमुख, प्रजिअ, कर्मचारी, सञ्चारकर्मी र सर्वसाधारणको सहभागिता थियो । 

सो अवसरमा स्वच्छ वातावरणका लागि प्रदेश प्रमुख तुम्बाहाङ, मन्त्री कुसियत, प्रमुख पराजुलीलेलगायतले साइकलमा चढेर प्रभातफेरि गर्नुभएको थियो । कोणसभामा प्रदेश प्रमुख तुम्बाहाङले समाजलाई स्वच्छ राख्न तथा आफ्नो गाउँ ठाउँलाई फोहरमुक्त बनाउने कार्यमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । प्रदेश उद्योगमन्त्री कुसियतले आफ्नो गाउँ, टोल र शहर स्वच्छ वातावरण राख्ने कार्य पहिले आफूबाट शुरु गर्नुपर्ने प्लाष्टिक बहिष्कार गरी कपडाको झोला प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । महानगरपालिका प्रमुख पराजुलीले फोहरबाट मोहर बनाउने कार्यमा महानगरपालिका लागिपरेको जानकारी दिनुभयो । 

कार्यकक्रममा प्रदेशसभाका उपसभामुख सरस्वती पोखरेल र महानगरपालिकाका कार्यकारी अधिकृत कुमार दाहालले ‘स्वस्थ्य जीवन स्वच्छ वातावरण’ कायम राख्ने कार्यमा आजैदेखि सबैले प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताउनुभयो । सोही अवसरमा प्लास्टिकको झोला बहिष्कार गर्न कपडाको मैत्रीपूर्ण झोला सर्वसाधारणलाई वितरण गरिएको थियो । प्रदेशलाई साइकलमैत्री बनाउने उद्देश्यले उद्योग मन्त्रालयले उपलब्ध गराएको २० थान साइकल आजै प्रदेशका विभिन्न मन्त्रालयलाई वितरण गरिने मन्त्रालयका सचिव किशोरचन्द्र गौतमले बताउनुभयो ।  (रासस)
 

ट्याग -  झोला वितरण

SUGGESTED ARTICLES

img
इँटा उद्योग बन्द गर्न वातावरण ऐन निर्माण

मापदण्डविपरीतका इँटा उद्योग बन्द गर्न पाँचखाल नगरपालिकाले वातावरण ऐन निर्माण गरेको छ । नपाले निर्माण गरेको उक्त ऐन यसै साता नगरपरिषद्ले पास गरेको छ । स्थानीय तहले मापदण्डविपरीतका इँटा उद्योग बन्द गर्ने पूर्ण अधिकार नभएकाले वातावरण ऐन निर्माण गरी मानव तथा कृषि उपजमा प्रतिकूल असर पार्ने उद्योग बन्द गर्न लागिएको नगरप्रमुख महेश खरेलले बताउनुभयो ।


by RSS | Jan 18

img