mobile

के मोबाइलको डिस्प्ले-स्क्रीन फुटेको छ ? अब निःशुल्क फेर्न मिल्छ

By Anu Rana on Jun 11,2018 - 08:55

ईजी मोबाइल केयर प्रा .लि .ले मोबाइल प्रयोगकर्ताहरुको मागलाई ध्यानमा राखेर ईजी सर्भिस अन्तर्गत मोबाइलको स्क्रीनको “एस्यूरेन्स सेवा” सार्वजनिक गरेको छ । काठमाडौं न्यूरोडको ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको ईजी मोबाइलले सार्वजनिक गरेको यो सुविधा अन्तर्गछ नेपालमा नै पहिलो पटक स्मार्टफोनहरुको डिस्प्ले÷स्क्रीन फुटे बापत फुटेको डिस्प्ले निशुल्करुपमा फेरिदिने योजना सार्वजनिक गरेको हो ।

मोबाइल प्रयोगकर्ताहरुको मागलाई ध्यानमा राखेर ईजी सर्भिस अन्तरगत मोबाइलको स्क्रीनको एस्यूरेन्स सेवा सार्वजनिक गरेको कम्पनीले जनाएको छ । यो योजनामा मोबाइल फोन ग्राहकहरुले कुनैपनि ब्राण्डको मोबाइलको डिस्प्लेको एसुरेन्स सेवा ईजी सर्भिस र ईजी सर्भिसको आधिकारिक सेवा प्रदायकबाट गराउन सक्नेछन् । यस्तो सेवा नयाँ मोबाइल किनेको एक महिना भित्र सुचारु गरिसक्नुपर्नेछ साथै कम्पनीले आगामी दिनहरुमा पूराना मोबाइल फोनहरुमा पनि यो योजना ल्याउने तयारी गरेको छ ।

यो सेवा लिईसकेपछि ग्राहकहरुको फोनको डिस्प्ले फुटेमा (मोबाइल डिस्प्ले ब्रेकेज) एक पटकका लागि कम्पनीले निशुल्करुपमा फेरिदिने छ । मोबाइल फोन ग्राहकहरुले यसको लागि आफ्नो व्यक्तिगत विवरणसहितको फर्म भरेर तुरुन्तै सो सेवा लिनसक्ने कम्पनीले जनाएको छ । सो सेवा लिएको १ वर्षभित्र ग्राहकहरुको मोबाइल फोनको डिस्प्ले फुटेमा कम्पनीले निशुल्करुपमा फेरिदिनेछ ।

यो योजनामा मोबाइल फोन ग्राहकहरुले कुनैपनि ब्राण्डको मोबाइलको डिस्प्लेको एसुरेन्स सेवा ईजी सर्भिस र ईजी सर्भिसको आधिकारिक सेवा प्रदायकबाट गराउन सक्नेछन् । यस्तो सेवा नयाँ मोबाइल किनेको एक महिना भित्र सुचारु गरिसक्नुपर्नेछ साथै कम्पनीले आगामी दिनहरुमा पूराना मोबाइल फोनहरुमा पनि यो योजना ल्याउने तयारी गरेको छ ।

ईजी मोबाइल केयर प्रा .लि .का अध्यक्ष संजित पौडेलले ग्राहकहरुले महंगो स्मार्टफोन खरिद गरेपनि त्यसको डिस्प्ले दूर्घटनाबस फुट्ने समस्याहरु निकै भोगिरहेको हुँदा ‘हामीकहाँ स्मार्टफोन मर्मत गर्न आउने अधिकांश मोबाइल फोन प्रयोगकर्ताहरुले डिस्प्ले फुटेको समस्या हुने गरेको छ, डिस्प्ले फेर्न निकै महंगो खर्च तिर्नुपर्ने हुन्छ, एस्यूरेन्स सेवा लिने ग्राहकहरुको मोबाइल डिस्प्ले निशुल्क फेरिदिनेछौं,’ अध्यक्ष पौडेलले भने। त्यसलाई समाधान गर्न नेपालमा नै पहिलो पटक यो योजना ल्याएको बताए । कम्पनीले रु .१ तिरेपछि मासिक किस्ताबन्दीमा स्मार्टफोनहरु उपलब्ध गराउने योजना पनि संचालन गर्दै आईरहेको जनाएको छ ।

नेपालमा मोबाइल सर्भिस तथा बिक्रीमा ख्याति कमाएको यस कम्पनीले यो सेवा हाल काठमाडौं उपत्यकाका लागि शुरु गरीसकेको छ भने आगामी दिनमा देशैभर लैजाने योजना लिएको छ। ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै शुल्क नलाग्ने टोल फ्री नम्बर १६६००१२२९९९ पनि उपलब्ध गराएको छ।

ट्याग -  के मोबाइलको डिस्प्ले-स्क्रीन फुटेको छ , अब निःशुल्क फेरिदिने   , काठमाडौं न्यूरोडको ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा

SUGGESTED ARTICLES

img
सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने

अबदेखि सबै सरकारी कार्यालयले अनिवार्य रूपमा सेवाग्राहीलाई सूचना प्रदान गर्न सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज ‘सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि–२०७५’ स्वीकृत गरेपछि सो व्यवस्था भएको प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यविधि स्वीकृत भएपछि सेवाग्राहीलाई सूचना दिन स्बै कार्यालयले ‘ट्वीटर’, ‘फेसबुक’ र ‘भाइवर’ जस्ता सामाजिक सञ्जाल सञ्चालन गर्नुपर्ने


by RSS | Aug 13

img