mobile

चीनले दुई पुल निर्माणका लागि स्वीकृति  

By Anu Rana on Jun 12,2018 - 10:16

चीनले उत्तरी नाका रसुवागढी  र तातोपानीमा दुई पुल बनाइदिने भएकाे छ । अाइतबार बसेको मन्त्रिपरिषद बैठकले रसुवागढी–ज्याङ्बु र तातोपानी–खासा जोड्ने दुर्इवटा पुल बनाइदिने चिनियाँ प्रस्ताव स्वीकृत गरेपछि पुल निर्माणकाे बाटाे समेत खुलेका छ । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणका एजेन्डा तय गर्ने क्रममा पुराना पुल भत्काएर अनुदानमा बनाइदिने चिनियाँ प्रस्ताव आइतबार मन्त्रिपरिषद् बैठकले स्वीकार गरेको हो । प्रधानमन्त्री ओली असार पहिलो साता चीनको औपचारिक भ्रमणमा जाँदै गर्दा यस्तो सहमति भएको कान्तिपुर अनलाइनले जनाएको छ।

२०७२ वैशाखको भूकम्पपछि बन्द तातोपानी नाका पनि पुल निर्माणसँगै खुल्नेछ । 'रसुवागढी–केरुङ जोड्ने स्याफ्रुबेसी–च्याङ्बु र तातोपानी–खासा जोड्ने लिपिङ–खासा मितेरी पुल चीन सरकारको पूर्ण आर्थिक एवं प्राविधिक सहयोगमा पुनर्निर्माण गर्न दिने प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ,' बैठकपछि सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भन्नुभयो, 'चीन सरकारले उक्त पुल निर्माण गर्न नेपाल सरकारसमक्ष प्रस्ताव गरेको थियो । यसमा दुईपक्षीय छलफल भएर सहयोग लिने निष्कर्षमा सरकार पुगेको हो ।'

चीनले तातोपानी नाका सञ्चालनमा ल्याउँदैन कि भन्ने आशंका भइरहँदा तीन वर्षपछि बल्ल मितेरी पुल पुनर्निर्माण गरेर उक्त नाका सञ्चालन गर्ने संकेत गरेको हो । उक्त नाका सञ्चालनका लागि तिब्बत सरकारले आफ्नोतर्फको सडक मर्मत गरिरहेको छ । चीनकै सहयोगमा तातोपानीदेखि धुलिखेलसम्म सडक मर्मत कार्य पनि भइरहेको छ ।

 मितेरी पुल निर्माणबारे प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सम्झौता हुने जानकारी स्रोतले दियो । भौतिक पूर्वाधार तथा यातायात सचिव मधुसूदन अधिकारीले दुवै सीमामा चीनको पूर्ण अनुदानमा पुल बन्ने हुनाले दुवै नाकालाई चीनले महत्त्व दिएको बताए । सबै खर्च चीनले नै व्यहोर्ने यो परियोजनामा नेपालले स्थान र मोडललाई मात्र अन्तिम रूप दिनेछ । सिनियर डिभिजन इन्जिनियर विनोद भट्टराईका अनुसार वैकल्पिक अस्थायी पुल राखेर अहिलेकै स्थानमा नयाँ पुल निर्माण गरिनेछ ।

यस्तै, सडक विभागअन्तर्गतको पुल महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले यी दुई पुल चीन सरकारले पहिला पनि बनाएको र अहिले पनि निर्माणका लागि चासो देखाएको जानकारी दिए । उनले भने, ‘नेपाल–चीन बोर्डरमा नै यी दुई पुल रहेकोले दुवै देशको सहमति आवश्यक परेको थियो, चाइनाबाट यसमा काम अघि बढाए पनि नेपाल सरकारले भने आइतवार मात्रै स्वीकृति दिएकोले अब निर्माणको काम पनि शुरू हुनेछ ।’

उनले दुईओटा पुल निर्माणका लागि रू । ३० करोड लागत लाग्ने प्रारम्भिक आकलन गरिएको बताए । चीनले ती पुलहरू अनुदानमा बनाउने भएको छ । चीनसँग जोड्ने मितेरी पुल निर्माण समयमै नहुँदा नेपाल–चीन व्यापार अझै पनि सहज हुन सकेको छैन ।

 

 

 

ट्याग -  चीनले दुई पुल निर्माणका लागि स्वीकृति   , नेपाल–चीन व्यापार

SUGGESTED ARTICLES

img
मौद्रिक नीतिका लागि बैंकर्सको सुझाव 

नेपालको निजी क्षेत्र र बैंकरले आगामी आर्थिक वर्षको मौद्रिक नीति विस्तारकारी बनाउन सुझाब दिएका छन् । राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा सुझाब संकलनका लागि मंगलबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधि तथा बैंकरले मूल्य वृद्धिमा थोरै चाप बढे पनि विस्तारकारी मौद्रिक नीति ल्याउनुपर्नेमा जोड दिएका हुन् ।


by Anu Rana | Jun 16

img