mobile

क्याटरिङ व्यवसायीको महाधिवेशन भोलि

By RSS on Jun 12,2018 - 12:04

 

 नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको पहिलो महाधिवेशन (दोस्रो साधरणसभा) भोलि जेठ ३० गते काठमाडौँमा हुने भएको छ । उक्त महाधिवेशनमा देशभर रहेका व्यवसायीका विभिन्न समस्याका बारे छलफल तथा उपभोक्तालाई सर्वसुलभ मूल्यमा गुणस्तरीय सेवा उपलब्ध गराउने विषयमा समेत छलफल गरिने छ । सोमबार यहाँ आयोजित पत्रकार सममेलनमा महासंघका अध्यक्ष अरुण शंकर वैद्यले सेवाग्राहीलाई सेवा र सुविधा उपलब्ध गराउँदै आएको यस्ता व्यवसायलाई कृषिउपज वस्तुको सहज बिक्री वितरणको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । महासचिव लीला जोशीले केही व्यवसायीको गलत कार्यका कारण क्याटरिङ सञ्चालन गर्ने सबै उद्यमीलाई समस्या चुनौति रहेको बताउँदै उनीहरुलाई मर्यादित र व्यवस्थित बनाउनुपर्ने, नियमन तथा अनुगमन गर्नुपर्ने बताउनुभयो । देशका ४२ जिल्लामा सञ्जाल विस्तार गरेको सो महासंघमा करीब २०० व्यवसायी संलग्न छन् । नयाँ नेतृत्व चयन गर्ने महाधिवेशनमा करीब ५०० प्रतिनिधिको सहभागिता हुनेछ । (रासस) 

ट्याग -  महाधिवेशन

SUGGESTED ARTICLES

img
लक्ष्मी बैंकले नौ प्रतिशत लाभांश दिने

लक्ष्मी बैंकले आफ्ना शेयरधनीलाई करीब नौ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आठ दशमलव ५० प्रतिशत शेयर लाभांश र शून्य दशमलव ४५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । आर्थिक वर्ष २०७४/७५ को नाफाबाट रु ६९ करोड ८८ लाख ४१ हजार ६९० बराबरको ६९ लाख ८८ हजार ४१६ कित्ता शेयर लाभांश


by RSS | Jan 18

img