mobile

नगदसहित १२ जना जुवाडे पक्राउ

By RSS on Jun 12,2018 - 12:49

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ खैरेनीटारस्थित हीराचन होटल एण्ड लजमा सोमबार अपराह्न ५ बजे प्रहरीले छापामारी १२ जना जुवाडेलाई पक्राउ गरेको छ । सो जुवाको खालबाट प्रहरीले रु एक लाख २५ हजार ६१५ नगदसहित ती व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताउनुभयो । उक्त होटलमा अवैधरुपमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मार्दा उनीहरुलाई पक्राउ गर्न सफल भएको जानकारी उहाँले दिनुभयो । जुवा खालबाट १६० पत्ती तास र उक्त नगद रकम बरामद गरिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका सबै व्यक्तिउपर अनुसन्धान भइरहेको बताइएको छ ।  (रासस)

ट्याग -  जुवाडे पक्राउ

SUGGESTED ARTICLES

img
७२ वर्षमा नागरिकता

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको एक महिलाले ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर ११ स्थित टाटामा सञ्चालन गरेको शिविरमा राज्यले उपलब्ध गराउने विभिन्न सेवा सुविधाबाट बञ्चित भएपछि वडा नम्बर ६ की ढुरल्या बोहराले बल्ल ७२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र बनाउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जानकारी दिनुभयो ।


by RSS | May 21

img