mobile

छाउगोठमा सुतेकी किशोरीको सर्पले डसेर मृत्यु  

By Anu Rana on Jun 13,2018 - 09:52

अछाममा महिनावारी वार्न छाउगोठमा सुतेकी किशोरीको सर्पले डसेर मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका ४ जया गाउँकी १८ वर्षीया किशोरी पार्वती बुढाको सुतेको अवस्थामा सर्पले डसेर शनिवार राती मृत्यु भएको हो।

छाउगोठमा सुती रहेको अवस्थामा उनको दायाँ हातको औलामा सर्पले डसेको हो। पार्वती घरबाट तल बेंसीको छाउगोठमा महिनावारी बार्न बसेकी थिइन। साथी राधिका बुढासंगै गोठमा सुतिरहेको बेला छाना माथि रहेको सर्प पार्वतीको शरीरमा खसेको र औलामा टोकेको राधिकाले जानकारी दिइन्। परिवारका अन्य सदस्य गाउँको घरमा रहेकोले ढिलो गरी मात्र खबर बाहिर आउँदा उपचारको अभावमा उनको ज्यान गएको हो।

यता प्रहरी भने घटनाबारे बेखबर छ । आफूहरूलाई घटनाबारे जानकारी नरहेको अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले बताए । घटनाबारे बुझ्न प्रहरी टोली त्यसतर्फ पठाएको पनि उनले जानकारी गराए ।

परम्परागत छाउपडी कुप्रथाका कारण अछाममा बर्सेनि कयौं महिला तथा किशोरीले छाउगोठमै अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ ।यससँगै पछिल्ला १० वर्षको तथ्यांकअनुसार अछाममा अहिलेसम्म महिनावारी भएका बेला छाउगोठमै ज्यान गुमाउने महिलाको संख्या ११ पुगेको छ । अधिकांश घटनामा निसास्सिएर, सर्पले टोकेर र आगोले पोलेर ज्यान गुमाउनेको संख्या बढी छ ।

पार्वतीले यसैवर्ष विश्वज्योती माविबाट एसइइ दिएकी थिइन् । उनीसंगै रहेकी दिदी प्रेमकला बुढाका अनुसार पार्वतीको महिनावारी शनिबार चार दिन भएको थियो । तुर्माखाँद–४ का वडाअध्यक्ष कविराम बुढाले भने पार्वती छाउगोठमा नभई भाइबहिनीसंग सुतेको बताए ।

छानामा सुतेका बेला सर्पले टोकेको भन्ने मात्र खबर आफू कहाँ आएको बुढाले बताए। तुर्माखाँद गाउँपालिकाकी उपप्रमुख अमृता बुढाले आफू काठमाडौं रहेको र यो घटनाबारे आफूलाई धेरै जानकारी नभएको बताइन्।

गत पुसमा मात्र सोही गाउँपालिका ३ भैरवस्थानको लकाद्रा की २२ वर्षकी गौरी बुढाको पनि छाउपडी गोठमा एक्लै सुतिराखेको अवस्थामा मृत्यु भएको थियो। छाउपडी गोठमा सुतेको अवस्थामा २०६३ सालयता मात्रै १३ जना किशोरी तथा महिलाले ज्यान गुमाईसकेका छन्।

त्यस्तै, गत वर्ष मात्र जिल्लाको बान्नीगडी जयगड गाउँपालिका वडा नं । ४ साबिकको तिमिल्सैन गाविस वडा नं । ७ निवासी २६ वर्षीया डम्मरा उपाध्यायको पनि छाउपडी गोठभित्रै ज्यान गएको थियो । अछाम जिल्लामा महिनावारी हुँदा गोठमा बस्ने चलन अझै विद्यमान छ ।  यहाँ महिनावारी भएको सातौं दिनसम्म छाउपडी गोठमा बस्नुपर्ने चलन छ । यसको अन्त्यका लागि अछाममा साबिकका २० गाविस तथा तीन नगरपालिका १८ वटा वडा छाउपडी गोठमुक्त घोषणा भइसकेका छन् । तर पनि अझै समस्या ज्यूँका त्यूँ छ । 

 

 

 

 

 

ट्याग -  छाउगोठमा सुतेकी किशोरीको सर्पले डसेर मृत्यु   ,

SUGGESTED ARTICLES

img
सत्र किलोमा सडक भासिने क्रम जारी

नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक भासिने क्रम जारी रहेको छ । एक महिनादेखि विस्तारै भासिन शुरु गरेकामा हालसम्म आइपुग्दा १ दशमलब ५ मिटर सडक भासिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो ठाउँमा नौ मिटर सडक चौडा छ । जसमध्ये पाँच मिटर भाग भासिएको छ । चार मिटरबाट एकतर्फीरुपमा सवारी चलेका छन् ।


by RSS | Aug 17

img