mobile

मानसरोवर जाने पर्यटकले सिमीकोट भरिभराउ 

By Anu Rana on Jun 13,2018 - 09:52

मानसरोवर चीनमा पर्ने भएपनि बाटो नेपाल भएकोले अफ सिजनमा पर्यटकको रौनक नेपालमा भएको छ । ‘मानसरोबर–कैलाश पर्वत भ्रमणको रुची औधी रहेकोले अफसिजनको ‘टेको’ भारतीयले धानेका हुन ।

सिमीकोटको बाटो भएर मानसरोबर कैलाश जाने भारतीय धार्मिक पर्यटकरु आउँदा सिमकोटमा चहलपहल बढेको छ। सिमीकोटबाट हिल्सा हुँदै मानसरोवर कैलाश यात्राका लागि वैशाख २९ गतेबाट आउन सुरु गरेका भारतीय धार्मिक पर्यटकहरु आइतबारसम्म ३ हजार बढी जिल्लामा भित्रिएका छन्। पर्यटकहरु आउनका लागि हबाई याताययात ब्यबस्था सहज तथा मानसरोवर कैलाश जाने सिजन सुरु भएसंगै पर्यटकहरुको संख्या यति धेरै पुगेको र यो क्रम असोजसम्म जारी रहने सिमकोट बिमानस्थल सुरक्षा प्रमुख प्रहरी नायब निरीक्षक मदन शाहीले बताए।जसका कारण नेपालको विकट हुम्ला क्षेत्र यतिवेला पर्यटकले भरिभराउ भएका छन । भूकम्पसंगै तातोपानी नाका बन्द भएपछि दुईवर्षयता मानसरोवर जाने पर्यटक हुम्लाको बाटो हुदै जाने गरेका छन ।

मानसरोबर तथा कैलाश जाने प्रमुख मार्ग तातोपानी नाका र रसुवा नाका बन्द भएपछि हुम्लाको सिमीकोट हुदै हिल्सा नाकामा तीर्थयात्रीको चाप बढेको हो । हुम्लाको सिमीकोट हवाई यातायात नेपालगन्ज तथा सुर्खेतबाट उडान हुने भएपछि सुर्खेत र नेपालगन्जका होटलहरु भरिभराउ भएको हो ।

आइतबारसम्म सिमकोट हुँदै मानसरोबर कैलाशका लागि धार्मिक यात्रा गर्ने पर्यटकहरुको संख्या ३ हजार ४ सय ९ पुगेको सिमकोट गाँउपालिकाको तर्फबाट बिमान स्थलमा आएका पर्यटकहरुको पर्यटन शुल्क उठाउन खटिएका धनरासी रोकायाले बताए। जसमध्ये ३ हजार ३ सय २९ जना भारतीय र अरु ८० जना तेस्रो मुलुकका पर्यटक भित्रिएको रोकायाले बताए। गतबर्ष  यहि समयसम्म १ हजार ६ सय ७७ मात्र मानसरोबर कैलाश दर्शनका लागि आएका थिए भने यसपाली यसको दाब्बर भन्दा बढी जिल्लामा मानसरोबर कैलाश दर्शनका लागि धार्मिक पर्यटक भित्रिएका छन् । जिल्लामा धार्मिक पर्यटक आउने संख्या बढे संगै एकै चोटी १ सय जना अटाउन सक्ने ठुल ठुला ४, ५ होटेल यो बर्ष मात्र बनेका छन। त्यो संगै सिमीकोटमा पर्यटकहरुका लागि बास बस्न र खानाखाने स्तरीय होटेलको निर्माणले ठुलो सहयोग पुगेको र यसले पर्यटन क्षेत्रको प्रबर्द्धनमा होटेल ब्यबसायको ठुलो हात रहने बिजय होटेलका प्रमुख याङकी लामाले बताईन । 

मानसरोबर ताल कैलाश पर्वतको फेदी हो । कैलाश पर्वत फेरो लगाउन साढे दुई दिन लाग्छ । साधारणतया ४० देखि ७० बर्ष उमेरका भारतीय पर्यटक कैलाश पर्वत जाने गर्छन् । नेपालीहरुको पनि तातोपानी नाका खुला रहदा कैलाश जाने ट्रेण्ड बसिसकेको थियो । 

के–के लैजाने ?

ज्याकेट, अनिवार्य रुपमा इनर वेयर(थर्माकोट), मन्की क्याप÷क्याप, सन ग्लास, सन स्किनक्रिम, स्वेटर, तातोपानीको लागि थर्मस, स्पोर्टस् सुज ।

इको टे«क, टच कैलाश, कैलाश जर्नी, श्रेष्ठ होलिडेज लगायत करिब ८–१० वटा एजेन्सीले बढी मात्रामा मानसरोबर यात्रा गराउँदै आएका छन् । भारतमा मानसरोबर यात्राको बजारीकरण व्यक्तिगत रुपमा हुने गरेको अधिकारीले बताए । जो जो आउँछन्, उनीहरुले नै बजारीकरण गर्ने गरेका छन्, उनले भने । त्यस्तै केही भारतीय एजेन्सीले पनि नेपाली एजेन्सीसँग समन्वय गर्छन् ।

मुख्य सिजन : मे, जुन, जुलाई, अगस्ट र सेप्टेम्बर

ट्याग -  मानसरोवर जाने पर्यटकले सिमीकोट भरिभराउ 

SUGGESTED ARTICLES

img
मौद्रिक नीतिका लागि बैंकर्सको सुझाव 

नेपालको निजी क्षेत्र र बैंकरले आगामी आर्थिक वर्षको मौद्रिक नीति विस्तारकारी बनाउन सुझाब दिएका छन् । राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा सुझाब संकलनका लागि मंगलबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधि तथा बैंकरले मूल्य वृद्धिमा थोरै चाप बढे पनि विस्तारकारी मौद्रिक नीति ल्याउनुपर्नेमा जोड दिएका हुन् ।


by Anu Rana | Jun 16

img