mobile

बाढी पीडितलाई जापानबाट आर्थिक सहयोग

By RSS on Jun 13,2018 - 10:29

अन्नपूर्ण गाउँपालिका– २ भुरुङ तातोपानीका बाढीबाट पीडित वासिन्दाका लागि जापानबाट आर्थिक सहयोग प्राप्त भएको छ । हाल जापानमा रहनुभएका भुरुङ तातोपानीका सन्तोष थापामगरको पहलमा जापानको तोचीगीस्थित लाफा क्लबले रु एक लाख ३० हजार आर्थिक सहयोग गरेको हो । क्लबका कोषाध्यक्षसमेत रहनुभएका थापाले गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन र वडाध्यक्ष ओमप्रकाश फगामीको नाममा गरिमा विकास बैंकको पोखरेबगर शाखामा खोलिएको खातामा उक्त रकम जम्मा गर्नुभएको छ । वैशाख २९ गतेको भुरुङ तातोपानीका पीडित र सम्भावित विपद्को व्यवस्थापन तथा राहतका लागि सहयोग जुटाउन शुरु गरिएको अभियानमा हालसम्म रु दुई लाखभन्दा बढी सहयोग जुटेको छ । अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको नेपाल रेडक्रस सोसाइटीको उपशाखाले वडाध्यक्ष नरसिङ पुर्जामार्फत रु २० हजार १५५ उपलब्ध गराएको छ । 

बाढीले चार घर पूर्ण र १३ घरमा आंशिक गरी करीब रु एक करोडको क्षति गरेको थियो । जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालय बागलुङले उपलब्ध गराएको तारजालीमा ग्याबिन पर्खाल बनाएर बाढी पहिरो नियन्त्रणको काम शुरु गर्ने तयारी भएको वडाध्यक्ष फगामीले बताउनुभयो ।(रासस) 

ट्याग -  सहयोग

SUGGESTED ARTICLES

img
एसइईको नतिजा एक साताभित्र

माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत दोस्रो साता लिएको परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सबै उत्तर पुस्तिका सम्परीक्षण गरी विद्यार्थीको नम्बर चढाउने र रुजू गर्ने काम भइरहेको जानकारी दिनुभयो ।


by RSS | Jun 18

img