mobile

वातावरणमैत्री चुल्होको प्रयोग बढ्दो

By RSS on Jun 13,2018 - 13:39

पूर्वी नवलपरासीको गैँडाकोट– १४ नगरटाँडीमा धुवाँरहित वातावरणमैत्री चुल्हो निर्माण गरी प्रयोग भइरहेको छ । नगरपालिकाले महिला तथा समुदायकै स्तर उकास्न वातावरणमैत्री चुल्हो निर्माण गर्न तालिम प्रदान गरेपछि यसको प्रयोग गर्नेको संख्यामा वृद्धि भएको छ ।गैँडाकोट नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा लोकतान्त्रिक सचेतना केन्द्र गैंँडाकोट– १४ नगरटाँडीले धुवाँरहित वातावरणमैत्री चुल्हो निर्माण गरिरहेको छ । स्वास्थ्यमा कम असर गर्ने तथा समयको बचत हुने भएकाले वातावरणमैत्री चुल्हो प्रयोग गर्नेको संख्या बढ्दै गएको छ । “तालीम पश्चात महिलाले चुल्हो बनाएर प्रयोग गर्न थालेका छन्,” लोकतान्त्रिक सचेतना केन्द्र गैँडाकोट, नगरटाँडीका अध्यक्ष फूलमाया तामाङले भन्नुभयो । चाम्रो माटो, फलामको रड, तार, बाबियोका टुक्रा, नुन, चिनी र बर्नलको सहयोगमा फर्मामा हालेर चुल्हो बनाउने गरिन्छ । (रासस)

ट्याग -  वातावरणमैत्री चुल्हो

SUGGESTED ARTICLES

img
जयवागेश्वरी पुनःनिर्माण सम्झौता, दुई वर्षमा बन्ने

भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर पुनःनिर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता भएको छ । सम्झौता गरेका दाताले क्षतिग्रस्त मन्दिरको पुनःनिर्माण ३५ महीना बित्दा पनि नगरेपछि पशुपति क्षेत्र विकास कोषले सम्झौता रद्ध गरेको थियो । माघ २ गते बुधबार तुलसी कन्स्ट्रक्सनसँग दुई वर्षमा पुनःनिर्माण सक्ने गरी सम्झौता गरिएको कोषका सदस्य–सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो ।


by RSS | Jan 18

img