mobile

वर्तमान सरकार ५ वर्ष टिक्छःदाहाल

By RSS on Jun 13,2018 - 13:51

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पांँच वर्ष टिक्ने र जनताको अपेक्षानुसार विकास निर्माणका काम गर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिका, मंगलपुरको शिवराम चोकमा निर्मित शहीद शिवराम स्मृति प्रतिमाको आज अनावरण गर्दै उहांँले भन्नुभयो, “अब विकास र समृद्धिको बाटोमा हिँडेर समाजवादमा पुग्ने लक्ष्य हामीले लिएका छौँ ।” स्थानीयवासी शिवहरि तिमिल्सिना विसं २०६० फागुन १७ गते रुपन्देहीमा र रामकृष्ण तिमिल्सिना २०६९ असोज १७ गते स्याङ्जामा मारिएका थिए । उनीहरुकै नामबाट चोकको नामकरण गरी प्रतिमा निर्माण गरिएको हो ।(रासस)

ट्याग -  वर्तमान सरकार

SUGGESTED ARTICLES

img
सविधान संशोधन तथा लाल प्रतिवेदन सार्वजनिक होस् : राजपा

राष्ट्रिय जनता पार्टीले सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न पुनः माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै उक्त पार्टीका नेता महेन्द्रप्रसाद यादवले सो प्रतिवेदन सार्वजनिक गर्न र संविधान संशोधनका लागि सभामुखबाट पुनः रुलिङ गर्न माग गर्नुभएको हो ।


by RSS | May 21

img