mobile

देश विकासका लागि पारदर्शी र सुशासन हुनुपर्छ : उपनेता गच्छदार

By RSS on Jun 13,2018 - 14:15

नेपाली काँग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले देश विकासका लागि सत्तारुढ दलले पारदर्शी र सुशासनका साथ काम गर्नुपर्ने बताउनुभएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्नहुँदै नेता गच्छदारले विकासका लागि सुशासन र पारदर्शिता आवश्यक पर्दछ भन्नुभयो । नेता गच्छदारले काँग्रेसको नेतृत्वको सरकारले गरेको निर्णय र कार्यको वर्तमान सरकार विरोध गर्नुले सुशासन र पारदर्शिताको अभाव प्रदर्शन भएको बताउनुभयो । सिर्जनशील युवा समूहले आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा उहाँले विभिन्न ज्येष्ठ नागरिकलाई सम्मानसमेत गार्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस प्रदेश नम्बर १ का संसदीय दलका नेता राजीव कोइराला, प्रतिनिधिसभाका सांसद सीताराम मेहता, देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहता, नेपाली काँग्रेसका जिल्ला सचिव केदार भण्डारीलगायतको सहभागिता रहेको थियो । (रासस) 

ट्याग -  देश विकास

SUGGESTED ARTICLES

img
समितिका सभापतिको निर्वाचन १२ दिनपछि

प्रतिनिधिसभा मातहतका विषयगत समितिको सभापतिको निर्वाचन १२ दिन पर धकेलिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले यही भदौ ५ गतेका लागि तोकिएको निर्वाचन मिति विशेष कारण भदौ १७ गते आइतबारका लागि सारिएको जानकारी दिनुभयो । बैठकमा उहाले निर्वाचनको मिति संशोधनसम्बन्धी सूचना प्रकाशित गर्न सचिवालयलाई निर्देशनसमेत दिइएको जानकारी गराउनुभयो । प्रतिनिधिसभा मातहत १० विषयगत समिति छन् ।


by RSS | Aug 17

img