mobile

सगरमाथा सिमेन्ट सुरक्षित अनि मजबुत निर्माणका लागि   

By Anu Rana on Jun 14,2018 - 12:52

नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग घोराही सिमेन्टले झन्डै साढे तीन अर्ब लगानी थपेर क्षमता बढाउने भएको छ। उद्योगले ३ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ लगानी थपेर दैनिक २६ सय ६७ टन सिमेन्ट उत्पादन गर्ने भएको हो।   

अहिले घोराहीले दैनिक १८ सय १२ टन सिमेन्ट उत्पादन गर्दै आएको छ। क्षमता वृद्धिका लागि घोराहीले उद्योग विभागमा आफ्नो व्यवसायिक प्रस्ताव पेश गरिसकेको छ।नेपालका ठूला औद्योगिक घराना त्रिवेणी र विशाल समूहको संयुक्त लगानीमा सन् २००९मा दाङमा यो सिमेन्ट उद्योग स्थापना भएको थियो।सिमेन्ट उद्योगमा विदेशी लगानीका ठूला उद्योग भित्रिन थालेपछि यो समूहले क्षमता बढाउन लागेको हो। 

दाङ जिल्लाको घोराहीमा स्थापना भएको घोराही सिमेन्ट उद्योगले ५३ ग्रेडको सगरमाथा ओपिसी सिमेन्ट बजारमा ल्याएको हो । त्रिवेणी र विशाल ग्रुपको संयुक्त लगानीमा स्थापना भएको उक्त सिमेन्ट उद्योगले हाल प्रतिदिन १२ सय मेट्रिकटन क्लिङकर र सात सय ५० मेट्रिकटन सिमेन्ट उत्पादन गर्ने क्षमता राख्दछ । जर्मनीको केएचडी हमबोल्ट र थाइल्यान्डको एलएनभिटीको अत्याधुनिक प्रविधिको प्रयोग गरी प्रतिबोरा ५० केजीको सगरमाथा सिमेन्ट नेपाल गुणस्तर ४९–२०४१ बमोजिम तयार पारिएको बताइन्छ । उद्योगले प्रतिवर्ष १६ अर्ब रुपैयाँबराबरको सिमेन्ट बिक्री–वितरण र प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा एक हजार व्यक्तिलाई रोजगार दिने लक्ष्य लिएको छ ।

उद्योगले सगरमाथा ओपिसी र सगरमाथा गोल्ड पीपीसी ब्राण्डमा सिमेन्ट बिक्री गर्दै आएको छ। यो समूहले पहिल्यैदेखि सिमेन्ट उद्योग संचालन गर्दै आएको थियो। उद्योगमा ५ सय ५३ जनाले रोजगारी पाइरहेका छन्। लगानी विस्तारपछि थप ७४ जनाले रोजगारी पाउनेछन्। अहिले ५ सय ५३ जनाले रोजगारी पाइरहेका छन्। 

सगरमाथा झैँ बिशाल, मजबुत अनि अटल निर्माण आजको आवश्यकता हो, त्यसैले सगरमाथा सिमेन्ट रोज्नुमा नै हुन्छ बुद्धिमानी।

घोराही सिमेन्ट उद्योगद्वारा  सहयोग 

घोराही सिमेन्ट उद्योगले यहाँका स्थानीय निकायलाई रु ५४ लाख १६ हजार सहयोग गरेको छ ।

उद्योगले शिक्षा, स्वास्थ्य, खानेपानी र सडकको क्षेत्रको विकासका लागि गाउँपालिका र वडालाई सो रकम सहयोग गरेको हो ।

उक्त उद्योगले बंगलाचुली गाउँपालिकालाई रु २८ लाख ६६ हजार, घोराही–४ लाई रु २५ लाख ५० हजार सहयोग गरेको छ ।

सिमेन्ट उद्योगले विभिन्न विकास निर्माणका लागि स्थानीयवासीले गाउँपालिका र वडा कार्यालयमार्फत सहयोगका लागि आग्रह गरेअनुसार उक्त सहयोग गरेको सिमेन्ट उद्योगका जनसम्पर्क अधिकृत अमर सुवेदीले बताउनुभयो ।

 

ट्याग -  घोराही सिमेन्ट उद्योगद्वारा  सहयोग  , सगरमाथा सिमेन्ट सुरक्षित अनि मजबुत निर्माणका लागि   

SUGGESTED ARTICLES

img
मौद्रिक नीतिका लागि बैंकर्सको सुझाव 

नेपालको निजी क्षेत्र र बैंकरले आगामी आर्थिक वर्षको मौद्रिक नीति विस्तारकारी बनाउन सुझाब दिएका छन् । राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा सुझाब संकलनका लागि मंगलबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधि तथा बैंकरले मूल्य वृद्धिमा थोरै चाप बढे पनि विस्तारकारी मौद्रिक नीति ल्याउनुपर्नेमा जोड दिएका हुन् ।


by Anu Rana | Jun 16

img