mobile

मकै पकेट क्षेत्रका कृषकलाई सामग्री हस्तान्तरण

By RSS on Jun 14,2018 - 11:43

मकै पकेट क्षेत्रका कृषकलाई बीउ उत्पादनमा प्रयोग हुने सामग्री हस्तान्तरण गरिएको छ । भेरी नगरपालिका–२, तिमिलेका कृषकलाई मकैको बीउ उत्पादनमा प्रयोग हुने विभिन्न सामग्री नगर उपप्रमुख भावना भण्डारीले हस्तान्तरण गर्नुभएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमअन्तर्गत उक्त सामग्री कृषकलाई उपप्रमुख भण्डारीले हस्तान्तरण गर्नुभएको हो । मकै पकेट सञ्चालक समिति, तिमिलेका ३१ घरपरिवारलाई सिटविन, कर्नसेलर तथा मकै सुकाउने पाल दिइएको हो । ३१ सेटमा रहेका १०५ वटा मकैको बीउ राख्न प्रयोग गरिने सिट विन, २१ वटा हाते कर्नसेलर र ३० वटा मकै सुकाउन प्रायेग गरिने त्रिपाल कृषकलाई हस्तान्तरण गरिएको छ । मकै पकेट सञ्चालक समिति, तिमिलेका कृषकले १० हेक्टर जमीनमा अढाई क्विन्टल मकैको मूल बीउ रोपेका छन् । 

बीउ उत्पादन राम्रो भए अन्य जिल्लामा निर्यात गर्न सकिने नगर कृषि उपशाखाका निमित्त प्रमुख यज्ञबहादुर अधिकारीले बताउनुभयो । तिमिले मकै उत्पादनको राम्रो क्षेत्र रहेकाले लक्ष्यअनुसारको मकैको बीउ उत्पादन हुने उहाँले विश्वास गर्नुभयो । यसैबीच, मकै बीउ उत्पादनसम्बन्धी स्थलगत तालीम मंगलबार तिमिलेमा सम्पन्न भएको छ । मकै पकेट सञ्चालक समितिमा आबद्ध कृषकलाई उक्त तालीम दिइएको हो । मकैको मूल बीउ रोपेका कृषकलाई यसको रेखदेख गर्न तालीम दिइएको निमित्त प्रमुख तथा कृषि प्राविधिक अधिकारीले जानकारी दिनुभयो । कृषि प्राविधिक गाउँमै आएर मकैको गोडमेल गर्ने तरिका, झारपात हटाउनेलगायतको प्राविधिक कुरा सिकाएकोमा मकै पकेट क्षेत्र तिमिलेका संयोजक ललित खत्रीले खुशी व्यक्त गर्नुभयो । (रासस)

ट्याग -  सामग्री हस्तान्तरण

SUGGESTED ARTICLES

img
माडी पुल निर्माण

पश्चिम रोल्पालाई जिल्ला सदरमुकाम लिवाङसँग जोड्न आजदेखि रोल्पाको माडी खोला पुल निर्माण गर्न थालिएको छ । सत्र महिनाभित्र निर्माण सक्ने गरी पुल निर्माणको जिम्मा पाएको एसियाटिक राज जेवी कन्ट्रक्सनले गत असार ३१ गते रु तीन करोड ५१ लाखमा निर्माण गर्ने संझौता गरेको छ । विसं ०६५ मा सडक विभागमा खोलिएको ठेक्कामा काठमाडाँैको लामा÷एडी÷धर्मेन्द्र जेभी निर्माण कम्पनीले सो पुल निर्माणको


by RSS | Aug 17

img