mobile

कार्टुन उद्योगमा आगलागी

By RSS on Jun 14,2018 - 11:47

मोरङको बूढीगंगास्थित अरिहन्त कार्टुन उद्योगमा गएरातिदेखि शुरु भएको आगलागी अहिलेसम्म पूर्ण नियन्त्रणमा आएको छैन । उक्त आगलागीलाई नियन्त्रण गर्न मोरङलगायत विभिन्न ठाउँका एक दर्जन दमकलका साथै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सक्रियरुपमा खटिरहेका छन् । आगलागी नियन्त्रणमा आउन अझै केही समय लाग्ने जानकारी गराउँदै प्रहरी उपरीक्षक मनोजकुमार केसीले कुनै मानवीय क्षति नभएको र आगलागीको कारण खुल्न नसकेको बताउनुभयो । (रासस)

ट्याग -  आगलागी

SUGGESTED ARTICLES

img
सत्र किलोमा सडक भासिने क्रम जारी

नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक भासिने क्रम जारी रहेको छ । एक महिनादेखि विस्तारै भासिन शुरु गरेकामा हालसम्म आइपुग्दा १ दशमलब ५ मिटर सडक भासिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो ठाउँमा नौ मिटर सडक चौडा छ । जसमध्ये पाँच मिटर भाग भासिएको छ । चार मिटरबाट एकतर्फीरुपमा सवारी चलेका छन् ।


by RSS | Aug 17

img