mobile

बडीमालिकामा उपचार सहायता कोष

By RSS on Jun 14,2018 - 12:05

बाजुराको बडीमालिका नगरपालिकाले उपचार सहायता कोष स्थापना गर्ने भएको छ । नगरपालिकाभित्र रहेका विपन्न गरीब र असहाय व्यक्तिलाई आर्थिक अभावमा उपचार गर्न नपाएकाका लागि उक्त कोषको स्थापना गर्न लागिएको बडीमालिका नगरपालिकाका नगर प्रमुुख पदम बडुवालले बताउनुभएको छ । जिल्लाको सदरमुकामभित्र रहेको नगरपालिकामा आर्थिक अभावले उपचार नपाएर मृत्यु हुने गरेको र कतिपयले जीवनभरि अपांगताका साथ बाँच्नुपर्ने बाध्यतालाई हटाउन कोष स्थापना गर्ने नगरपालिकाले निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दामोदर जोशीले जानकारी दिनुभएको छ । विपद्मा परेका र अन्य दुर्घटनामा परेकाको उपचार गर्नका लागि मस्यौदा गर्न कार्यदल बनाएको छ । उपचार सहायता कोषका लागि मस्यौदा कार्यदल बनाइएको बडीमालिका नगरपालिकाले जनाएको छ । उपचार सहायता कोष निर्माणका लागि मस्यौदा बनाई प्रक्रियामा ल्याएर कोष स्थापना गरिने बताइएको छ । (रासस)

ट्याग -  सहायता कोष

SUGGESTED ARTICLES

img
युद्ध भए इरान ध्वस्त हुनेछ': डोनाल्ड ट्रम्प  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग युद्ध गर्न खोजे इरान ध्वस्त हुने चेतावनी दिएका हुन्। ट्रम्पले ट्वीटरमा 'यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ। त्यसैले अमेरिकालाई फेरि कहिल्यै नधम्काउनु' लेख्दै चेतावनी दिएका हुन्।


by Anu Rana | May 21

img