mobile

क्याटरिङ व्यवसायी महासंघ अध्यक्षमा जिसी

By RSS on Jun 14,2018 - 13:58

 

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको पहिलो महाधिवेशनले लीला जिसीको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । सोही महाधिवेशनले उपाध्यक्षमा तेविन्द्ररत्न शाक्य, हरिप्रसाद न्यौपाने, कृष्णप्रसाद पाण्डे, नानीबाबु थापा, कृष्ण उपाध्याय, गोकुल देसार, राजेन्द्रकुमार श्रेष्ठ र लक्ष्मण पोखरेललाई निर्वाचित गरेको छ । महासचिवमा उत्तमप्रकाश शर्मा, कोषाध्यक्षमा पृथ्वीभक्त प्रजापति, सचिवमा बलराम पौड्याल र सहकोषाध्यक्षमा मुकुन्दहरि गौतमलाई जिम्मेवारी दिइएको छ । देशका सबै प्रदेश तथा भूगोललाई समेटेर १५ जनालाई केन्द्रीय कार्यसमितिमा मनोनीत गरिएको महासंघका कार्यालय प्रतिनिधि पवित्रा सत्यालले जानकारी दिनुभयो । नवनिर्वाचित अध्यक्ष जिसीले उपभोक्तालाई सर्वसुलभ र गुणस्तरीय सेवा उपलब्ध गराउन उक्त व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन भूमिका निर्वाह गर्ने बताउनुभयो ।  (रासस) 

ट्याग -  क्याटरिङ व्यवसायी महासंघ

SUGGESTED ARTICLES

img
मौद्रिक नीतिका लागि बैंकर्सको सुझाव 

नेपालको निजी क्षेत्र र बैंकरले आगामी आर्थिक वर्षको मौद्रिक नीति विस्तारकारी बनाउन सुझाब दिएका छन् । राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा सुझाब संकलनका लागि मंगलबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधि तथा बैंकरले मूल्य वृद्धिमा थोरै चाप बढे पनि विस्तारकारी मौद्रिक नीति ल्याउनुपर्नेमा जोड दिएका हुन् ।


by Anu Rana | Jun 16

img