mobile

हाइब्रिड धानमा समस्या

By RSS on Jun 14,2018 - 16:30

धेरै उत्पादन लिनका लागि लगाएको हाइब्रिड धानमा विभिन्न समस्या आउँदा किसान हैरान छन् । छिमेकी मुलुकबाट भित्रने हाइब्रिड धानको बीउ यहाँको हावापानी र माटो अनुकूल नहुँदा बर्षेनी फरक–फरक समस्या आउने गरेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको कृषि विज्ञान महाशाखाले जनाएको छ । एक वर्ष बोट राम्रो भएर उत्पादन दिएको जात किसानले अर्काे वर्ष पनि एग्रोभेटबाट किन्ने गरेका छन् । एक वर्ष पर्याप्त उत्पादन दिने धानको जातले अर्काे वर्ष नदिन सक्ने महाशाखामा कार्यरत प्राविधिक अतित पराजुली बताउनुहुन्छ । “अरू मुलुकबाट आयातित धानको बीउ यहाँका लागि सुहाउँदो नहुन सक्छ,” उहाँले भन्नुभयो, “समस्या आउन नदिन किसानले राम्रोसँग बुझेर मात्रै धानको बीउ खरिद गर्नुपर्छ ।” 

नार्क अन्तर्गतको धान अनुसन्धान कार्यक्रम, हर्दिनाथ र महाशाखाले धानका विभिन्न जातको अनुसन्धान गरेर पर्याप्त उत्पादन लिन सकिने बीउ सिफारिश गरिरेहको छ । हर्दिनाथले तराईका लागि एक/दुई वटा हाइब्रिड जात सिफारिश गरेको छ । उन्नत बीउभन्दा हाइब्रिड चार/पाँच गुणासम्म महँगो पर्छ । पराजुली भन्नुहुन्छ, “पर्याप्त उत्पादन लिनका लागि महँगो तिर्ने तर उत्पादन कम हुँदा किसान हैरान हुन्छन् ।” हाइब्रिड जात वर्षेनी फेरिरहनुपर्ने हुँदा किसानले बुझेर मात्रै किन्नुपर्ने उहाँको सुझाव छ । केही वर्षयता उन्नत र हाइब्रिडको प्रयोग बढ्दा स्थानीय जात लोप हुँदै गएका छन् ।(रासस) 

ट्याग -  हाइब्रिड धान

SUGGESTED ARTICLES

img
च्याङ्ग्रा महँगियो

यस दशैँमा च्याङ्ग्राको भाउ महँगिएको छ । गत वर्षको तुलनामा रु चार हजार बढीमा च्याङ्ग्रा खरीद गरेको यहाँका व्यवसायीले बताएका छन् । च्याङ्ग्रा कम आउनु, ठाँउठाँउमा कर लिर्नुपर्नेजस्ता कारणले मूल्य बढेको हो । चिनियाँ मुद्राको भाउ बढ्दा पनि च्याङ्ग्रा महँगिने गरेको बताइन्छ । च्याङ्ग्रा रु २७ हजारमा बेचेको व्यवसायी महेन्द्र केसीले बताउनुभयो । 


by RSS | Oct 15

img