mobile

आइसिटी अवार्ड भदौमा

By RSS on Jun 14,2018 - 16:40

सूचना प्रविधिको क्षेत्रमा योगदान पु–याएकालाई सम्मान गर्न यस वर्षको ‘आइसिटी अवार्ड–२०१८’ आगामी भदौ १ गते हुने भएको छ । लिभिङ विथ आइसिटी मिडियाले विभिन्न सात विधामा योगदान पु–याएका व्यक्तिलाई सम्मान गर्दै आएकोे आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मिडियाका निर्देशक राजन लम्सालले जानकारी दिनुभयो । उहाँले नेपालको सूचना प्रविधि क्षेत्रको विकास र प्रवद्र्धनका लागि गरिएको प्रयाससँगै अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड प्रदान गर्न थालिएको बताउनुभयो । निर्देशक लम्सालका अनुसार आइसिटी स्टार्टअप अवार्ड, आइसिटी प्रडक्ट अवार्ड, आइसिटी पायोनियर अवार्ड, नेपाली डायस्पोरा अवार्ड, डिजिटल गभर्नेन्स अवार्ड, आइसिटी आन्टरप्रेनियर अवार्ड र आइसिटी मिडिया अवार्ड विवरण गरिनेछ । अवार्डका लागि असार १ देखि १६ गतेसम्म अनलाइन आवदेन माग गरिएको छ । उक्त मिडियाले सन २०१७ देखि प्रत्येक वर्ष अवार्ड वितरण गर्दै आएको हो ।(रासस)

ट्याग -  आइसिटी अवार्ड

SUGGESTED ARTICLES

img
जयवागेश्वरी पुनःनिर्माण सम्झौता, दुई वर्षमा बन्ने

भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर पुनःनिर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता भएको छ । सम्झौता गरेका दाताले क्षतिग्रस्त मन्दिरको पुनःनिर्माण ३५ महीना बित्दा पनि नगरेपछि पशुपति क्षेत्र विकास कोषले सम्झौता रद्ध गरेको थियो । माघ २ गते बुधबार तुलसी कन्स्ट्रक्सनसँग दुई वर्षमा पुनःनिर्माण सक्ने गरी सम्झौता गरिएको कोषका सदस्य–सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो ।


by RSS | Jan 18

img