mobile

नगर प्रमुख ओली लक्षित बम निष्क्रिय

By Anu Rana on Jun 14,2018 - 18:54

झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली सवार गाडीमा राखिएको बम निष्क्रिय पारिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले आज बिहान सुरक्षितरूपमा बम निष्क्रिय बनाएको हो। 

दमक–६ स्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा नगर प्रमुख ओली बस्दै आउनुभएको छ । नगर प्रमुख ओलीका अनुसार बुधबार बेलुका कार्यालयबाट फर्कने क्रममा नगरपालिकाको स्कारपियो गाडीको छतमा कार्टुनजस्तो चिजमा शंकास्पद वस्तु फेला परेको थियो । उहाँले सो शंकास्पद वस्तु गाडीमा देखेपछि प्रहरीमा खबर गर्नुभएको थियो ।

प्रमुख ओलीकी पत्नी लिलाका अनुसार, कार्यालयबाट बेलुका ६ बजे घरतर्फ आउने क्रममा मोडमा कसैले शंकास्पद वस्तु राखेका थिए । गाडीमा एक्कासी अनौठो आवाज आएको थियो, ओलीले भनिन्, तर अरु केही भएको ठान्यौ,  घरमा आएर हेर्दा कार्टुन भित्र प्याक गरेको अवस्थामा बम फेला परेको बाताउनु भ्एको छ।

 

फेला परेको बमलाई ओली निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीले बेलुका ८ बजेतिर सुरक्षित स्थानमा लगेका थिए। त्यसलाई आज बम डिस्पोजल टोली झिकाएर निष्क्रिय गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। 

यस अघि पनि ओली निबासमा बम बिष्फोट गराइएको थियो । त्यस्तै, करीब एक महिना अघिमात्र दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा समेत विष्फोटन गराइएको थियो । ती सबै बम विष्फोटनका घटनामा संलग्नताको भने पहिचान हुन सकेको छैन । दमकमा झन्डै एक महिना अघि दमक ७ का वार्ड अध्यक्ष भिम पौडेलको घरमा समेत बिष्फोटन गराइएको थियो।

ट्याग -  नगर प्रमुख ओली लक्षित बम निष्क्रिय ,

SUGGESTED ARTICLES

img
जयवागेश्वरी पुनःनिर्माण सम्झौता, दुई वर्षमा बन्ने

भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर पुनःनिर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता भएको छ । सम्झौता गरेका दाताले क्षतिग्रस्त मन्दिरको पुनःनिर्माण ३५ महीना बित्दा पनि नगरेपछि पशुपति क्षेत्र विकास कोषले सम्झौता रद्ध गरेको थियो । माघ २ गते बुधबार तुलसी कन्स्ट्रक्सनसँग दुई वर्षमा पुनःनिर्माण सक्ने गरी सम्झौता गरिएको कोषका सदस्य–सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो ।


by RSS | Jan 18

img