mobile

ब्याजदर अझै बढ्ने संकेत  

By Anu Rana on Jun 14,2018 - 18:54

बजारमा तरलताको अवस्था सहज हुँदै गएपनि वाणिज्य बैंकहरुको ब्याजदर अझै नघट्ने संकेत देखिएको छ ।वाणिज्य बैंकहरुको आधार ब्याजदर (वेसरेट) ग्राफ माथि चढेपछि ब्याजदर नघट्ने देखिएको हो ।

बैंकहरुले सञ्चालन खर्च बढाउँदा आधार ब्याजदर माथि पुगेको नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा बताउछन् । “निक्षेप लागतको तुलनामा आधारदर धेरै माथि गएको छ” उनले भने “ब्याजदर मंहगो भएपछि यसले उद्योग व्यवसायमा असर पर्ने देखिएको छ । यसलाई अंकुश लगाउनु पर्नेछ ।”  

गत वैशाखसम्म बैंकको औसत आधार ब्याजदर बढेर १० .९४ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष आधारदर ९ प्रतिशत रहेकोमा एक वर्षको अवधिमा झण्डै २ प्रतिशत बढेको हो । बैंकको आधार दर बढेपछि यसको असर कर्जामा पर्ने देखिएको हो । औसत निक्षेप लागत ६ .६ प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको आर्थिक परिदृष्यमा लगानी र निक्षेपबीचको असन्तुलनले कर्जाको ब्याजमा चाप पारिरहेको देखाएको छ । वैशाखमा निक्षेपको भारित औसत ब्याजदर ६ .६ प्रतिशत रहेबाट यसले कर्जाको ब्याजलाई अंकुशित गर्नुपर्ने राष्ट्र बैंकको भनाई छ ।

बैंकहरु बीच बचत खाता र मुद्दती निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा चलेको छ । नेपाल बैंकर्स संघले बचत खातामा आठ र मुद्दती खातामा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने भद्र सहमति फिर्ता लिएसँगै बैंकहरु ब्याजदर बढाउने प्रतिस्पर्धामा उत्रिएका हुन । जस मध्ये सिभिल र एनआइसि एसियलेले निक्षेपको ब्याजदर बढाएका छन् । अन्य बैकहरु पनि ब्याजदर बढाउने गृहकार्यमा रहेका छन् । सिभिल बैंकले मुद्दती निक्षेपमा १२ .२२ प्रतिशत र बचत खातामा १० प्रतिशत ब्याज दिने योजना ल्याएको छ ।जसका लागि सिभिल बैंकले १० प्रतिशत ब्याजको चन्द्रसूर्य बचत खाता सञ्चालनमा ल्याएको छ।  यो  खाता खोल्नका लागि न्युनतम १० हजार रुपैयाँ चाहिन्छ। यसै गरी सो बैंकले २२२ दिने मुद्दति खाता पनि सञ्चालनमा ल्याएको छ। खाता खोल्नेले १२ .२२ प्रतिशत ब्याज पाउने छन्। खाता खोल्नका लागि तीन लाख रुपैयाँ मौज्दात चाहिने प्रवधान राखिएको छ।

यसैगरी, एनआइसी एसिया बैंकले मुद्दती निक्षेपमा १२ प्रतिशत ब्याज दिने योजना ल्याएको छ। बचत खातामा ८ प्रतिशत ब्याज दिने योजना अघि सारेको छ ।  यसअघि एनआइसी एसिया बैंकले संघले निर्धाण गरेको मापदण्ड विपरीत बचत र मुद्दती निक्षेपमा ब्याजदर बढाएपछि बिवादमा परेको थियो ।

 बजारमा तरलताको अभाव विस्तारै हट्दै गएको भनिए पनि केही बैंकले उच्च ब्याज दिएर निक्षेप तान्न थाल्न थालेपछि तरलता कायमै रहेको संकेत गरेको छ । कतिपय अर्थ मामिलाका जानकारहरु भने  केही बैंकले १२ प्रतिशतभन्दा माथि पुर्याउने र केहीले कम दिँदा निक्षेप संकलनमा समस्या पर्ने बताउछन् । मुद्दती निक्षेपको ब्याजदर बढाउँदै जाने हो भने कति ब्याजमा लगानी गर्ने भन्ने विषयमा थप समस्य निम्तन सक्ने चिन्ता कतिपय बैंकर्सहरुको रहेको छ  ।

गत वैशाखसम्म वार्षिक विन्दुगत आधारमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहको वृद्धिदर १९ .६ प्रतिशत छ । सोही अवधिमा निक्षेप परिचालनको वृद्धिदर १६ प्रतिशत छ । यो वर्षका अधिकांश महिनाहरूमा निक्षेप वृद्धिदरभन्दा कर्जा प्रवाह दर बढी हुँदै आएको छ । यद्यपि गत वैशाखमा निक्षेपको भारित औसत ब्याजदर ६ .६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

ट्याग -  ब्याजदर अझै बढ्ने संकेत  

SUGGESTED ARTICLES

img
शेयर बजारमा सामान्य सुधार

शेयर बजारमा आज सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोबार मापक नेप्से परिसूचक ०.६१ बिन्दुले बढेर एक हजार २१० मा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.०२ बिन्दुले घटेको छ । कूल १६६ कम्पनीको १३ लाख ६१ हजार ६२७ कित्ता शेयर रु ४५ करोड ५२ लाख ४३ हजार


by RSS | Aug 16

img