mobile

यो हफ्ताको साप्ताहिक राशीफल

By Anu Rana on Jun 17,2018 - 07:01

सप्ताहिक राशी तपाईको  यो हप्ता कसरी वित्ने छ, जान्नुहोस (वि .सं . २०७५ असार ०३ गते आइतवारदेखि ०९ गते शनिवारसम्मको राशिफल)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

यो साता तपाईंले परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्ने देखिन्छ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ । साझेदारीमा थालिएको कार्यले अवसरको ढोका खोल्नेछ । आफ्नै शारीरिक कमजोरी एवं आलस्यताका कारण महत्वपूर्ण काम छुट्न सक्ने भएकाले समयको व्यवस्थापन गर्नु आवश्यक छ । नौला स्थानको भ्रमणमा प्रेमिकाले खर्च गराउन सक्छिन् । अविस्मरणीय क्षणको अनुभवसमेत सँगाल्न सकिनेछ ।  अध्ययनमा समय दिन नसकिएला। सप्ताहान्तमा बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउने देखिन्छ। वृष  (,,,,बा,बि,बु,बे बो)

सहपाठीबीच आम्दानी बढाउने कार्य अघि बढ्नेछ । अतिथिका रूपमा प्रस्तुत हुँदा अपेक्षाअनुरुप नै सत्कार पाइनेछ । मन पराउनेहरूबीचको भेटघाटले थप प्रोत्साहित भइनेछ । पारिवारिक खटपट हुन सक्छ, जसलाई निर्मुल पार्न घरपरिवारलाई यथेष्ट समय दिनुपर्नेछ । सोमबारदेखि बुधवारसम्म अनावश्यक खर्च बढ्न सक्छ । शरीरमा आलस्य जाग्नेछ । काम गर्न जाँगर लाग्दैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । चिताएको काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । धैर्यले काम लिने समय छ । त्यस्तै शनिवारका दिन स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना छ । सहयोगी हातहरू पछि हट्न सक्छन् । अनावश्यक र दिक्कलाग्दो यात्रा हुन सक्छ । आर्थिक समस्याले सङ्कट उत्पन्न हुनसक्छ ।

 

 । मिथुन (का,कि,कु,,,,के,को,)

साताको सुरुका दिन मनोरञ्जक रहनेछन् । साथीभाइहरूसँग भ्रमणमा जान अभिभावकले बन्देज लगाउन सक्छन् । दुई–चार स्थानको धार्मिक भ्रमण गर्ने जमर्को गरे पनि सबै स्थलमा पुग्न सकिनेछैन । तत्काल कार्य सम्पन्न गर्न ढिलाइ भए पनि मंगलबारपछि क्रमिक रूपमा प्रगतिको मार्ग फेला पर्नेछ । धैर्य गरे मनोकांक्षा पूरा हुनेछ । धार्मिक कार्यमा संलग्न हुँदै मठ–मन्दिरको परिक्रमा गर्नु लाभदायक हुन्छ । परिवारजनले दिएको वचन पूरा नगर्दा आफूलाई मर्का पर्नेछ । साताको अन्त्यमा खानपानसम्बन्धी कार्यक्रममा सहभागी भइनेछ ।

  कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

नगरेको कामको दोष आइलाग्ने सम्भावना छ । लेनदेनमा विवादको सामना गर्नुपर्ला । बुधबारपछिका दिनमा भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । सेतो रंग प्रयोग गर्न सके विभिन्न समस्याबाट जोगिन सकिनेछ ।साताको अन्त्यमा मीठा परिकारमा रम्न पाइनेछ । घर–परिवार तथा आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। सप्ताहान्तमा काममा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आफन्तको जमघटले आनन्द मिल्नेछ।

  सिंह (मा,मि,मु,मे,मो,टा टि,टु,टे)

विपक्षीहरू मर्यादामा चोट पुर्‍याउन सक्रिय छन् । विचार नगरी अरूलाई वचन दिँदा अप्ठ्यारोमा परिएला । आर्थिक कारोबार नगर्दा नै सुरक्षित भइनेछ । पारिवारिक जमघटमा स्वादिष्ट खानपानको आनन्द लिन पाइनेछ । विदेशी साथीको सुझाव पालन गर्न सके रोजगारीसहितको अवसर जुट्न सक्छ ।राजनैतिक चासो पनि बढ्नेछ । तीर्थव्रत तथा देवालयको भ्रमण हुन सक्छ । तर साताको अन्त्यमा प्रतिकूल परिस्थितिले पछ्याउने छ । सानातिना कामको झमेला आउनसक्छ । परिवारमा मतभेद हुनेछ । झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । शनिवारका दिन गरिएको लगानीबाट दीर्घकालीन फाइदा नहुन सक्छ ।

 कन्या (टो,,पि,पु,,,,पे,पो)

निरन्तर फाइदा हुने कार्य प्रारम्भ गर्ने अवसर जुट्न सक्छ । प्रलोभन देखाउनेहरूसँग टाढै रहँदै प्रतिष्ठा जोगाउन प्रयास गर्नुहोला । प्रेमको बन्धन अझ कसिएला । बुधबारपछि मनोरञ्जक स्थलको भ्रमण हुनसक्छ । खानपान तथा भोजभतेरमा संलग्न हुँदा समयको ख्याल गर्नुपर्नेछ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सप्ताहान्तमा आम्दानी बढ्नाले नयाँ योजना सुरु हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।

तुला (,रि,रु,रे,रो,ता,ति,तु,ते)

स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । यद्यपि साताको उत्तरार्द्ध अनुकूल रहने छैन, सट्टापट्टा वा जुवाजन्य क्रियाकलापमा धननाश हुनसक्छ, सचेत हुनुपर्छ । लामो दूरीको आकस्मिक यात्राको सम्भावना देखिन्छ, यात्राबाट सोचेजस्तो लाभ मिल्न सक्दैन । व्यवहारिक खर्चको मात्रा बढ्नेछ । मनमा निराशा र विरक्तिभाव जाग्नेछ । तर आगामी शनिवार नयाँ योजना कार्यान्वयन गर्ने र दीर्घकालीन योजना बनाउने समय हो । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्न अनुकूल हुनेछ । कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने समय छ ।

 वृश्चिक (तो,,ना,नि,नु,ने,नो,या,यि,यु)

व्यवसायमा अपेक्षाकृत सफलता हात पर्नेछ । सोमबारपछिका दिनहरूमा बौद्धिक व्यक्तित्वहरूसँग परिचित हँुदै महत्वपुर्ण कार्य सम्पन्न गर्न सकिनेछ । सहयोगी हातहरू अघि बढिरहेका छन्, भावना बुझ्ने प्रयत्न गर्नुहोला । साथीहरूसँग नगद कारोबार गर्दा संयम अपनाउनुपर्नेछ । काममा ढिलाइ भएपनि सही मार्ग पहिल्याउन सकिनेछ ।  बिहीवारदेखि स्वास्थ्यबाधा र मनको डरले सताउनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। आराम र आहारविहारमा ध्यान पुर्याउनुहोला।

 धनु (ये,यो,,भि,भु,,फा,,भे)

यो साता प्रतिकूल समयले घेरेको छ । शरीरमा आलस्य र थकानको अनुभूति हुने साता छ । प्रारम्भमा नै अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम बढी समय लगाएर गर्नु पर्ला । तर साताको उत्तरार्द्ध अनुकूल रहने छ, कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ साथै आत्मसन्तुष्टि प्राप्त हुनेछ । साताको अन्त्यमा आर्थिक समस्या सिर्जना हुनसक्छ । खर्च लागे पनि व्यवसायका लागि रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ। तर विवादास्पद जिम्मेवारीले केही समस्या निम्त्याउनेछ। गोपनीयता बाहिरिनेछ भने अरूलाई दिएको वचन पनि पूरा नहुन सक्छ।

 मकर (भो,,जि,खि,खु,खे,खो,गा,गि)

जिम्मेवारीबोध गर्दा अवसरले उचाइमा पुर्‍याउनेछ । शारीरिक आलस्यताका कारण महत्वपूर्ण काम छुट्न सक्छ, समयको ख्याल गर्नुहोला । साथीहरूसँग भ्रमणमा रमाउँदा खर्चको भार थपिनेछ । अभिभावकको वचन परिवर्तनले सवारी साधन गुम्ने खतरा छ । खानपान तथा भोजभतेरमा सामेल हुदाँ स्वास्थ्यको ख्याल राख्नुहोला । सोमबारदेखि बुधवारसम्म प्रत्येक काममा बाधाअडचन आउने र ढिलो गरी कार्यसम्पादन हुने समय छ । सवारी साधन हाँक्दा सचेतता अपनाउनु बेस हुनेछ । स्वास्थ्यमा समस्या हुनसक्छ । सानातिना काम र घरेलु समस्यामा नै समय व्यतीत हुनेछ । त्यसपछि आफ्नो काममा तल्लीन हुनुपर्ने भएकाले समय बितेको पत्तो पाउनु हुन्न, तर श्रमिक, पशुपालक र कृषकले अलि बढी थाकेको अनुभूति गर्नेछन् । 

 कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,)

प्रतिद्वन्द्वीहरूसित सतर्क रहने साता छ । आइतवारका दिन परिवारमा पनि वैचारिक मतभेद देखापर्ने सम्भावना छ । जीवनसँगीसित ठाकठुक पर्न सक्छ । मानसिक तनावको सिर्जना हुनेछ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । सोमबारदेखि बुधवारसम्म समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । बिहीवार र शुक्रवार झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । यात्रा घातक बन्न सक्छ, धेरै टाढा जानु हुँदैन । आम्दानीका मार्ग अवरुद्ध हुनेछन् । बोलीमा संयमता अपनाउनु पर्छ, आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । शनिवारका दिन परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।

 मीन (दि,दु,,,,दे,दो,,चि)

आफन्त तथा अभिभावकको निगरानीले व्यवहारिक बन्न प्रेरणा दिनेछ । ठूला योजनालाई परिणाममुखी बनाउन प्रेमिकाले सहयोग गर्नेछिन् । मन मिल्ने मित्रहरूको सुझाव आत्मसात् गर्न सके उचाइमा पुगिनेछ । सभा–सम्मेलनमा सहभागी भै नाम एवं दाम कमाउन सकिनेछ । सोमबारदेखि बुधवारसम्म काममा अधिकार प्राप्तिका लागि तर्क, बहस र छलफलमा दिन बिताउनु पर्नेछ । प्रतिस्पर्धी र शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती र अपठ्याराको सामना गर्नुपर्छ । प्रयत्न गर्दा समेत परिस्थिति आफ्नो पक्षमा आउने छैन । त्यस्तै साताको अन्तिम दिन स्वास्थ्य प्रतिकूल बन्ने खतरा छ, खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापबाट हानि पुग्ने सम्भावना छ । समग्रतामा यो साता धैर्यता, संयमता र सोचविचार गरी उपयोग गर्नु बुद्धिमत्ता हुनेछ ।

ट्याग -  साप्ताहिक राशीफल