mobile

२ करोड ६० लाख कित्ता सेयर सूचीकृत

By Anu Rana on Jun 21,2018 - 09:57

यो साता सेयर बजारमा ६ वटा कम्पनीको करिब साढे २ करोड कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । उक्त अवधिमा दुईदुईवटा बिमा र फाइनान्स कम्पनी, एकएकवटा जलविद्युत् र वाणिज्य बैंक गरी ६ वटा कम्पनीका साधारण, बोनस र हकप्रद गरी २ करोड ५९ लाख ९० हजार कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।  

जसमध्ये प्राइम लाइफ इन्स्योरेन्सको ९७ लाख ६३ हजार कित्ता, सिद्धार्थ बैंकको ६८ लाख ४७ हजार कित्ता र बेस्ट फाइनान्स कम्पनीको १६ लाख ५२ हजार कित्ता हकप्रद सेयर सूचीकृत भएका छन् । यो साता रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ५६ लाख साधारण कित्ता साधारण सेयर सूचीकृत भए । सोही अवधिमा प्राइम लाइफ इन्स्योरेन्सको १९ लाख ८३ हजार १ सय ५० कित्ता र मल्टिप्रपर्स फाइनान्सको १ लाख ६४ हजार ७ सय ३६ कित्ता बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

 साप्ताहिक रूपमा सेयर कारोबार मापक नेप्से परिसूचक करिब १० (९ .७७) अंकले घट्यो । तर, साताको पहिलो दिन (आइतबार) को तुलनामा यस्तो परिसूचक १५ .६६ अंकले बढेको देखिन्छ । आइतबार १ हजार २ सय ३१ .६४ विन्दुमा रहेको नेप्से बिहीबार १ हजार २ सय ७७ .३० विन्दुमा बन्द भएको नेप्सेले जनाएको छ ।

यो साता नेप्सेमा १ अर्ब ७२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत साताको तुलनामा कारोबार रकम २ .१४ प्रतिशतले बढी हो । २३ हजार ३ सय ६८ कारोबारबाट १ सय ८६ कम्पनीका ४८ लाख ६८ हजार ७० कित्ता सेयर खरिद–बिक्री हुँदा करिब पौने २ करोड रुपैयाँ परिचालन भएको छ । गत साता २० हजार ६ सय ६२ कारोबारबाट ४० लाख २६ हजार ८ सय १० कित्ता सेयर खरिद गर्दा १ अर्ब ६८ करोड ४५ रुपैयाँ परिचालन भएको थियो ।

 नेप्सेको वर्गीकरणमा ‘क’ वर्गमा रहेको कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २ .६५ अंकले बढेको छ । व्यापारमा रहेका सबै कम्पनीहरूको सेयर कारोबार मापक फ्लोट परिसूचक यो साता ० .७७ अंकले ऋणात्मक रहयो ।

 साताभरको व्यापारमा कारोबार रकम (९ करोड ९७ लाख ७० हजार रुपैयाँ) का आधारमा मेगा बैंक अग्रस्थानमा छ । कारोबार सेयर संख्या (४ लाख ६५ हजार कित्ता) र कारोबार संख्या (१ हजार १ सय ८९ वटा) का आधारमा पनि मेगा बैंक नै सबैभन्दा अघि रहेको नेप्सेले जनाएको छ ।

 साप्ताहिक कारोबारमा बैंकिङ समूहको कारोबार हिस्सा ३८ .२७ प्रतिशत र बिमाको १८ .७८ प्रतिशत रह्यो । गत साता कुल कारोबारमा ती समूहको हिस्सा क्रमश: ३२ .८२ र २४ .५५ प्रतिशत थियो ।

ट्याग -  २ करोड ६० लाख कित्ता सेयर सूचीकृत ,

SUGGESTED ARTICLES

img
सिद्धार्थ इन्स्योरेन्स कम्पनी: मोटर बिमाको भरपर्दो गन्तव्य

मोटर बिमामा सरकारले तेस्रो पक्ष बिमालाई अनिवार्य गरिदिएको छ । अहिलेको परिवेशमा मोटरको चढ्नेको संख्या बढ्दै गएको हुनाले  देशमा हुने दुर्घटनाको क्रम पनि बढ्दै गएको पाइन्छ। त्यसैले आफ्नो सम्पत्तिको सुरक्षाका लागि मोटर बिमा आवश्यक पर्छ ।


by Anu Rana | Nov 14

img