mobile

भारतीय दूतावासद्वारा महिला सशक्तिकरण कार्यक्रम

By RSS on Jun 21,2018 - 14:59

नेपाल–भारत महिलामैत्री समाजले ‘जीविकोपार्जन सुधार, महिला सशक्तीकरण तथा जनचेतना कार्यक्रम’ को तेस्रो चरण सर्लाहीमा शुरुवात गरेको जनाएको छ । उक्त कार्यक्रमलाई भारतीय दूतावासले सहयोग गरेको छ । भारत सरकारले भक्तपुर, चितवन, सर्लाही र महोत्तरी गरी चार जिल्लामा उक्त परियोजनाका लागि करीब रु ३२ लाखको सहयोग गरिरहेको छ । उक्त परियोजनाले ग्रामीण भेगमा सिलाइकटाइ, शृंगार, बजार प्रवद्र्धनसम्बन्धी तालीम प्रदान गरी महिलाको सामाजिक सशक्तीकारणमा सहयोग गर्नेछ । भारतले हालसम्म सर्लाही जिल्लामा रु १५ करोड बराबरका आयोजना सम्पन्न गरेको समाजले जनाएको छ । यी आयोजनाअन्तर्गत विद्यालय भवन, लखनदेहीमा नदी नियन्त्रण कार्य र ग्रामीण विद्युतीकरण कार्यक्रम छन् । 

नेपाल—भारतको सिमानास्थित लक्ष्मीपुर–बलरा–गढैया र दलितका लागि सामुदायिक केन्द्रबाट पाँच किलोमिटर दूरीमा अवस्थित मलंगवा नगरपालिकामा हाल करीब रु ३० करोड बराबरका पाँचवटा विद्यालय भवन, कल्भर्ट र ढल निर्माण भइरहेका छन् । भारतले सर्लाहीका विभिन्न संस्थालाई ३१ वटा एम्बुलेन्स र एउटा स्कूल बस सहयोग गरेको दूतावासका मिशन उपप्रमुख डा अजय कुमारले जानकारी दिनुभयो । (रासस)

ट्याग -  महिला सशक्तिकरण

SUGGESTED ARTICLES

img
शिखरवार्तामा भाग लिन किम रेल चढेर भियतनाम जाने  

विश्वमै शक्तिशाली मानिने उत्तर कोरियाली नेता किम जोङ उन अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पसँगको शिखर वार्ताको लागि भियतनाम प्रस्तान गर्ने मिति तय भएको भन्दै विवरणहरू सञ्चारमाध्यममा आएका छन्।


by Anu Rana | Today, 05:24 PM

img