mobile

एसईईको नतिजा सार्वजनिक 

By Anu Rana on Jun 23,2018 - 20:55

परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा आज सनिबार प्रकाशित भएको छ। गत चैत ८ बाट सञ्चालित यस वर्षको एसईई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ जना विद्यार्थी सहभागी थिए । केन्द्रले परीक्षा लिने र नतिजा प्रकाशित गर्ने यो अन्तिम पटक रहेको हो । किनभने सरकारले कक्षा १० सम्मको परीक्षा सञ्चालनको जिम्मा प्रदेश तहलाई दिइसकेको छ ।

कार्यालयले गत चैत पहिलो साता लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरेको हो। कार्यालयका अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६३ हजार ६ सय ८९ मध्ये नियमितमा ४ लाख ५१ हजार ५ सय ३२ तर्फ ३ .६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) १४ हजार २ सय ३४ जनाले प्राप्त गरेका छन्। यस्तै, ३ .२ देखि ३ .६ जीपीए ल्याउने विद्यार्थी ४६ हजार १ सय ३० जना छन्। २ .८ देखि ३ .२ जीपीए सम्म ल्याउने ४९ हजार ३७ जना, २ .४ देखि २ .८ जीपीएसम्म ल्याउने विद्यार्थी ७० हजार ५ सय १२ जना, २ देखि २ .४ जीपीएसम्म ल्याउने ६१ हजार ८ सय ७० र १ .६ देखि २.०० जीपीएसम्म ल्याउने एक लाख १० हजार ४३ विद्यार्थी छन्। १ .२५ देखि १ .६० सम्म ल्याउने ३५ हजार ५ सय ८५ जना विद्यार्थी रहेका छन्। ० .८५ देखि १ .२० ल्याउने ५८ हजार ६ सय ८८ रहेका छन्।

 

एसर्इर्इको नतिजा आइभीआर, एसएमएस र विभिन्न वेबसाइटमा हेर्न सकिने बोर्डले जनाएको छ । परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।सवर्षदेखि एसइईको नाममा नतिजा सार्वजनिक भएको हो । यसवर्ष पनि ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक भएको छ ।

नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरकाे www.soce.gov.np मा हेर्न सकिने बाेर्डले जनाएको छ । त्यस्तै शिक्षा मन्त्रालयको www.doe.gov.np,, शिक्षा विभाग सानोठिमी भक्तपुरकाे www.doe.gov.np, राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरकाे www.neb.gov.np र एनसेल प्रा  www.ncell.axiata.com मा गएर पनि परीक्षाकाे नतिजा हेर्न सकिने बाेर्डले जनाएको छ । तर, लोड बढी भएका कारण यी साइटहरू खुल्न सकेका छैनन् ।

आकाश टेक प्रा .ली . द्वारा पनि तपाईंहरुको नतिजा हेर्न सकिन्छ

एसईईको  नतिजा प्रकाशन भैसकेपछी ईन्टरनेट वा मोबाईल एसएमएसमा नतिजा हेर्न सकिन्छ । ईन्टरनेट को  आकाश टेक प्रा .लि : www.inheadline.com वेबसाईट  मा  गएर  नतिजा हेर्न सकिन्छ भने मोबाईल एसएमएस बाट एसईई लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा पठाएर पनि आफ्नो नतिजा हेर्न सकिन्छ ।

आकाश टेक प्रा. ली. द्वारा तपाईंहरुको नतिजा यसरि हेर्न सकिन्छ :

यस्को लागि सबैभन्दा पहिले,

  • चरण १: तपाईंको मोबाइल सन्देश बक्समा जानुहोस्
  • चरण २: नयाँ सन्देश लेखाने ठाउँमा जानुहोस
  • चरण ३: टाइप गर्नुहोस् एसईई र आफ्नो सिम्बोल नम्बर
  • चरण ४: ३१००३ मा एसएमएस पठाउनुहोस्

मा पठाएर सजिलै एसइईको परिणामहरू हेर्न सक्नुहुनेछ

 

ट्याग -  एसईईको नतिजा सार्वजनिक 

SUGGESTED ARTICLES

img
कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (मौका) परीक्षाको नतिजा आज सार्बजनिक गरेको छ। NEB Grade 12 Supplementary 2075को नतिजा थाहा पाउन आकाश एसएमएस बाट NEB <स्पेस> तपाईंको symbol नम्बर लेखेर 31003 मा एसएमएस पठाउनुहोस्।


by RSS | Sep 19

img