mobile

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य तीब्र  

By Anu Rana on Jun 25,2018 - 14:22

नेपालको भैरहवामा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध (भैरहवा) अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तीव्र रूपमा जारी छ। चिनियाँ कम्पनीले निर्माण गरिरहेको विमानस्थल आयोजनाले सन् २०१९ साललाई अपरेसन वर्षका रूपमा लिएर तीव्र रूपमा काम जारी रहेको जानकारी दिएको अन्नपूर्ण पोष्ट पत्रिकाले लेखेको छ। विगतमा काम सुस्त गतिमा भए पनि हाल त्यसलाई तीव्र पारिएको उसको भनाइ छ।

निर्माणाधिन गौतम बुद्ध विमानस्थलले हाल सम्म करिब ८ सय परिवारलाई ६ अर्ब रुपैयाँ मुआब्जा बितरण गरिसकेको छ । विमानस्थल विस्तारका लागि करिब २२ सय घरपरिवारको जग्गा अधिग्रहण गरिएको छ । २२ सय परिवार मध्ये ८ सय लाई मुआब्जा वितरण भैसकेको गौतम बुद्ध विमानस्थल परियोजना प्रमुख ईन्जिनियर ओम शर्माले जानकारी दिए ।

गत आबको बजेट सकिएकोले हाल मुआब्जा वितरण रोकिएको र थप बजेटका लागि अर्थ मन्त्रालयमा पत्राचार गरिएको प्रमुख शर्माले बताए । जग्गा मुआब्जा लिनेमा १० करोड रुपैयाँ सम्म पाएका छन । करिब दुई हजार दुई सय जनाको सात सय १५ बिघा जग्गा अधिग्रहण गरेको आयोजनाले कुल २३ अर्ब रुपैयाँ मुआब्जा वितरण गर्नुपर्नेमा ६ अर्ब वितरण गरिसकेको छ । चालू आवमा विनियोजित बजेट सकिएका कारण मुआब्जा वितरण रोकिएको र मुआब्जा प्राप्त गर्ने अन्य प्रक्रियाका काम जारी रहेको प्रमुख शर्माले बताए ।

यसलाई त्रिभुवन विमानस्थल (टीआईए)को विकल्पका रूपमा हेरिएको छ । यो विमानस्थल समयमा सञ्चालन नहुँदा टीआईएको रनवे रिह्याबिलिटेसन (पिच परिवर्तन)को योजना अलपत्र परेको छ । अहिले एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुँदा विभिन्न समयमा समस्या उत्पन्न हुँदै आएको छ । यो विमानस्थलको दीर्घकालीन लक्ष्य दैनिक १६ हजार यात्रुलाई सेवा दिने छ । दैनिक १६ हजारको दरले वार्षिक करिब ६० लाख यात्रु यो विमानस्थलले ह्यान्डल गर्ने लक्ष्य राखिएको छ । तर सुरुमा भने ५÷६ सय यात्रुलाई सेवा दिन सकिने आयोजनाले जानकारी दिएको छ ।

२०२३ सालमा निर्मित गौतमबुद्ध विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा निर्माण गर्न चिनियाँ कम्पनीको नर्थवेस्ट सिभिल एभिएसन कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँमा ग्लोबल टेन्डरबाट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता भएको हो ।

मधेस आन्दोलन कारण विमानस्थल निर्माण कार्यमा बाधा उत्पन्न भएकोले उसले सन् २०१८ जुलाई महिना सम्म निर्माण कार्यको लक्ष्य पाएको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सुरु भएको हो ।

निर्माण कार्य तीब्र

सन् २०१९ साललाई अपरेसन वर्षका रूपमा लिएर काम तीव्र पारिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना निर्देशक एवं प्रमुख ओम शर्माले बताउनुभयो। 'हामीले सन् २०१९ लाई अपरेसन वर्षका रूपमा लिएका छौँ', उहाँले भन्नुभयो, 'यही किमिले काम जारी रहेमा सन् २०१९ सम्म विमानस्थल सञ्चालनमा आउँछ।' जुन हिसाबले ठेकेदारले काम अगाडि बढाएको छ, त्यस हिसाबले समयमा काम सम्पन्न हुनेमा आफूहरू विश्वस्त रहेको उहाँको भनाइ छ।

 विमानस्थल निर्माण कार्यको ठेक्का पाएको चिनियाँ कम्पनी र नेपाली सहठेकेदारबीच विवादका कारण विमानस्थलको निर्माण कार्य निकै प्रभावित भएको थियो। त्यसपछि चिनियाँ कम्पनीले व्यवस्थापन परिवर्तन गरेर निर्माण थालेपछि हालसम्म ३५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको प्रमुख शर्माले बताउनुभयो। जेठसम्म विमानस्थलको मुख्य संरचना अन्तर्राष्ट्रिय टर्मिनल भवनमा छाना हाल्नुभन्दा अघिको र धावनमार्गमा पिच गर्नुबाहेक सबै काम सम्पन्न हुने उहाँको भनाइ छ। विमानस्थलमा धावनमार्ग, अन्तर्राष्ट्रिय टर्मिनल भवन, रेस्क्यू एन्ड फायर फाइटिङ, कन्ट्रोल टावर, प्रशासनिक भवन, ओभरहेड ट्यांकीलगायत कार्य तीव्र गतिमा भइरहेको उहाँले बताउनुभयो।

६ अर्ब २२ करोड ५१ लाख २० हजार रुपैयाँ लगानीमा निर्माणाधीन विमानस्थलमा एडीबीको ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान छ । यस्तै ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्टको ३० दशमलव ५ प्रतिशत र थप ११ प्रतिशत तथा मूल्य अभिवृद्धि कर नेपाल सरकारले लगानी गर्ने हो । ६ अर्ब २२ करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण भइरहेको विमानस्थलमा करिब एक अर्ब ५० करोड एडीबीले भुक्तानी गरिसकेको आयोजना प्रमुख शर्माले जानकारी दिए ।

ऋण अनुदान सहयोग नरोक्ने

निर्माणमा ढिलाई भएको भन्दै असन्तुष्टि जनाइरहेको निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ऋण तथा अनुदान लगानी गरेको एसियाली बिकास बैंक (एडिबी) ले नेपाल सरकारसँग भएको आफ्नो ऋण तथा अनुदान सम्झौता यथाबत राख्ने भएको छ ।

जनवरीदेखि ऋण र अनुदान सहयोग रोकेको एडिवीले बिमानस्थल निमार्णमा गरिरहेको ऋण तथा अनुदान सहयोग रोक्ने भन्ने पछिल्ला भनाईहरुको खण्डन गर्दै नेपाल सरकारसँगको सहकार्य र विमानस्थल निमार्णमा भएको सम्झौताबारे पूर्वबत सम्झौता विपरित अरु निर्णय नभएको जनाएको छ ।

 कुल ६ अर्ब २२ करोड रुपैयाँ लागतको यस विमानस्थलमा एडिबीको ५४ करोड अनुदान रहेको छ । बाँकी चार अर्व २० करोड रुपैयाँ ऋण सहयोग हो । रकमका हिसाबले अहिलेसम्म दुई अर्ब खर्चिएको छ ।

 

ट्याग -  गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य तीब्र   , ऋण र अनुदान सहयोग नरोक्ने

SUGGESTED ARTICLES

img
शेयर बजार : सामान्य गिरावट

धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.७४ बिन्दुले घटेर एक हजार २५५.०७ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५१ बिन्दुले घटेर २६६.०९ बिन्दुमा पुगेको छ । कूल १६७ कम्पनीको २० लाख १५ हजार ८२९ कित्ता शेयर रु ५५ करोड ५० लाख


by RSS | Sep 20

img