mobile

लगातारको पहिरोले मुग्लिनमा यात्रुलाई सास्ती

By RSS on Jun 25,2018 - 14:44

पटकपटक पहिरो खस्दा आज बिहानैदेखि चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रभावित भएको छ । राति २ः३५ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त सडकमा अहिले १२ बजेभित्र चार पटक पहिरो खसिसकेको छ जसका कारण बिहानैदेखि रोकिएका सवारी गन्तव्यमा जान पाएका छैनन् । पहिरो खस्ने, प्रहरीले सडक खोल्ने, अनि फेरि पहिरो खस्ने क्रम देखिएकाले थप सास्ती बेहोर्नुपरेको चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्य बताउनुहुन्छ । अहिले ११ः३० मा चारकिलो भन्ने स्थानमा फेरि पहिरोसँगै ढुंगा खसेर अवरुद्ध भएको सडक १२ बजे फेरि खुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यसअघि राति खसेको पहिरो बिहान ८ बजे हटाएर एकतर्फी सडक खुलाइएको थियो । लगत्तै पुनः पहिरो खसेर अवरुद्ध भएको सडक आज बिहान १० बजे पहिरो हटाएर यातायात दुईतर्फी नै सञ्चालनमा ल्याइएको थियो । 

यातायात सञ्चालन भएको डेढघण्टा नबित्दै पुनः ढुंगा खसेर अवरुद्ध भएको मुग्लिन सडक ढुंगा पन्छाएर १२ बजे पुनः सञ्चालन भयो । अब कतिबेला फेरि पहिरो खसेर सडक बन्द हुने अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ । चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा आचार्य अहिलेसम्म चार/पाँच पटक पहिरो खसिसकेको बताउनुहुन्छ । पहिरो हटाएर सडक खुल्ने बित्तिकै पुनः पहिरो खस्ने क्रम दोहोरिरहेको उहाँको भनाइ छ । उहाँका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलोमा राति २ः३५ बजे पहिरो खसेको थियो । सोही सडकखण्ड अन्तर्गत पाँच किलो, जलबिरे र कालिखोलामा समेत थप पहिरो खसेको थियो । 

पटकपटक पहिरो खस्ने क्रम नरोकिँदा बिहानदेखि रोकिएका सवारी साधन गन्तव्यमा जान पाएका छ्रैनन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले कुनै पनि बेला पहिरो खस्नसक्ने भन्दै वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध समेत गरेको छ । उक्त सडक चौडा पार्ने काम सकिएको भए पनि भित्तो काटिएको स्थानमा पहिरो खस्ने क्रम भने रोकिएको छैन । पहिरो रोक्ने प्रयास पनि सफल हुनसकेको छैन । (रासस) 

ट्याग -  लगातार पहिरो

SUGGESTED ARTICLES

img
धर्नामा बसेका निर्मलाका आमाबुबा बिरामी

बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन् । पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन माग गर्दै २४ घण्टे धर्नामा बसेका निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गा पन्तको स्वास्थ्य नाजुक बन्दै गएको हो ।कात्तिक २५ गतेदेखि धर्नामा बस्नुभएका


by RSS | Nov 16

img