mobile

नेपाल वायुसेवा निगमले खरिद गरेको पहिलो वाइडबडी जहाज नेपालमा

By Anu Rana on Jul 01,2018 - 13:41

 नेपाल वायुसेवा निगमले खरिद गरेको पहिलो वाइडबडी जहाज बिहीबार बिहान काठमाडौं आइपुगेको छ । २८० सिट क्षमताको ए ३३० सिरिजको एअरबस कम्पनीको यो जहाज बिहान ८ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

अन्नपूर्ण नाम दिइएको यस नयाँ जहाजलाई स्वागत गर्न वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार विमानस्थल पुगेका थिए । विमानस्थलमा विमान अवतरण गर्दा मंगलधुन र पानीको फोहोराले स्वागत गरिएको थियो । यो जहाज फ्रान्सको तुलुजबाट ९ घण्टाको उडानपछि विमान काठमाडौं अवतरण गरेको हो ।

 निगमले दुईवटा वाइडबडी जहाज खरिदको सम्झौता गरेकोमा पहिलो जहाज आइपुगेको हो। २०६५ सालमा नै ६ वटा वाइडबडी जहाज किन्न प्रस्ताव आह्वान गरेकोमा २०७१ मा दुईवटा ए ३२० विमान आएका थिए भने १० वर्षपछि ए ३३० जहाज आइपुगेको हो। निगमले योवाइडबडीको पहिलो व्यावसायिक उडान संयुक्त अरब इमिरेट्सको दुबईमा गर्ने घोषणा यसअघि नै गरिसकेको छ। एक महिनापछि यो जहाजले दुबईमा पहिलो व्यवसायिक उडान थाल्नेछ।

नेपाल वायु सेवा निगमले यी दुई वाइडबडी जहाज किन्न करिब २२ अर्ब रुपैयाँ खर्च गरेको छ। त्यसका लागि निगमले साढे १२ अर्ब रुपैयाँ कर्मचारी सञ्चयक कोष र अर्को साढे १२ अर्ब रुपैयाँ नागरिक लगानी कोषबाट ऋण लिएको छ। वायु सेवा निगमको यो वाइड बडी आएपछि चारवटा चारवटा ठुला जहाज हुनेछन्। निगमसँग अहिले एयर बस दुईवटा र बोइङ ७५७ एउटा जहाज रहेको छ। दुइटै वाइड बडी आइसकेपछि निगमले पूरानो बोइङलाई बेच्ने तयारी गरेको छ । निगमले अर्को बोइङ यसअघि नै बेचिसकेको छ । निगमले अरु दुईवटा एयरबस खरिदका नेपाल वायु सेवा निगम सञ्चालक समितिबाट निर्णय गराइसकेको छ । निगमले आन्तरिक उडानका लागि ६ वटा ट्विनअट्टर जहाज खरिद प्रक्रिया सुरु गरिसकेको छ ।

ट्याग -  नेपाल वायु सेवा निगम , नेपाल वायुसेवा निगमले खरिद गरेको पहिलो वाइडबडी जहाज नेपालमा

SUGGESTED ARTICLES

img
युद्ध भए इरान ध्वस्त हुनेछ': डोनाल्ड ट्रम्प  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग युद्ध गर्न खोजे इरान ध्वस्त हुने चेतावनी दिएका हुन्। ट्रम्पले ट्वीटरमा 'यदि इरान युद्ध लड्न चाहन्छ भने त्यो इरानको औपचारिक अन्त्य हुनेछ। त्यसैले अमेरिकालाई फेरि कहिल्यै नधम्काउनु' लेख्दै चेतावनी दिएका हुन्।


by Anu Rana | May 21

img