mobile

एकै परिवारका ११ जनाको शव फेला  

By Anu Rana on Jul 03,2018 - 20:49

नयाँ दिल्लीस्थित एक घरमा ११ जनाको शव फेला परेको छ । सबै शवहरु झुण्डिएको अवस्थामा फेला परेको छन् । आँखा तथा मुखमा पट्टी बाँधिएको अवस्थामा शवहरु फेला परेका हुन् । बालबच्चासहित ७ महिला र ४ पुरुषको शव बुराडीको सन्तनगर इलाकाको एक घरमा फेला परेको हो । सबै जना एकै परिवारका सदस्य रहेको स्थानीयबासीले बताएका जानकारी दिएका छन् । प्रहरीले छरछिमेकसँग सोधपुछ तथा अनुसन्धान गरिरहेको जानकारी स्रोतले जनाएको छ । प्रहरी अधिकारीका अनुसार ११ जनामध्ये १० जनाको शव झुण्डिएको अवस्थामा भेटिएको थियो भने एकजना ७५ वर्षीय महिलाको शव भने घरको भूइँतल्लामा थियो ।

झुण्डिएको अवस्थामा भेटिएका ती सबैको आँखामा पट्टी बाँधिएको छ । यहाँको एक स्थानीय इन्डिया टुडे टिभि च्यानलले सो जानकारी दिएको छ । मृत्यु भएकामा सात जना महिला र चार पुरुष रहेका छन् ।

दिल्लीको सन्तनगरस्थित बुरारी क्षेत्रमा रहेको घरमा ११ जनाको शव भेटिएसँगै प्रहरीले उक्त क्षेत्रमा नाकाबन्दी गरेर अनुशन्धान शुरु गरेको छ । उक्त परिवारले सोही क्षेत्रमा खुद्रा र प्लाइउडको पसल संचालन गर्दै आएका थिए। उनीहरुले सधैं बिहान ६ बजे पसल खोल्ने गरे पनि ७ः३० बजेसम्म पसल नखोलेपछि एक छिमेकीले घर पुगेका हेर्दा शवहरु देखेसँगै प्रहरीलाई खबर गरेको बताइएको छ ।

 यसरी मृत्यु हुने सबैजना नयाँ दिल्लीमै प्लाइउडको व्यापार गर्दै आएका ललित भन्ने व्यक्तिको परिवारका सदस्य हुन् । उनीहरु विगत दुई दशक भन्दा बढी समयदेखि त्यही घरमा बस्दै र व्यापार गर्दै आएका थिए ।

प्रहरीले बताए अनुसार आइतबार बिहान एक जना छिमेकीले घरको आँगनमा जालमा केही शव झुण्डिएको देखेपछि तुरुन्त वरपरका बासिन्दालाई बोलाएर प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी पुग्दा घरको ढोका खुल्लै रहेको र केही शव घरको आँगनमा झुण्डिएको अवस्थामा थिए तथा केही शव घरभित्र पंखामा झुण्डिएका थिए भन्ने जानकारी प्रहरीले दिएको छ ।

स्रोतका अनुसार पुलिसले पूरा घरलाई सिल गरेको छ । शवलाई पोष्टमार्टमका लागि पठाइएको छ । वृद्ध महिलाको परिवारमा उनका दुई छोरासमेत कूल ११ सदस्य थिए । दुई छोराको नाम ललित र भुपी भाटिया हो । वृद्ध महिलाका बुहारीको नाम टीना र सविता भाटिया बताइएको छ । मृत्यु हुनेमा महिलाका तीन नातिनी र अन्य दुई नाती पनि छन् । वृद्ध महिलाको छोरीको नाम बेबी बताइएको छ ।

                                                             

ट्याग -  एकै परिवारका ११ जनाको शव फेला  

SUGGESTED ARTICLES

img
मृत्यु संस्कार छोट्याउँदै  

आफ्नो परिवारभित्रको सदस्यको मृत्युपश्चात् मृतकको परिवारजनले काजकिरिया गर्छन् । आआफ्नै जातीय परम्पराअनुसार काजकिरिया गर्ने परम्परा छ ।  मृत्यु संस्कार भनेको मृतकप्रति श्रद्धापूर्वक गरिने सम्झना एवं मृतकको आध्यात्मिक यात्राको लागि परिवारका सदस्यबाट गरिने कामना तथा शुभेच्छा हो ।


by Anu Rana | Nov 19

img