नेपाल वायु सेवा निगमले सञ्चालनमा रहेका सबै विमानस्थलमा आफ्नो विमानमार्फत सेवा दिने भएको छ ।राष्ट्रिय ध्वजावाहक निगमले सुगम तथा दुगर्मका सबै विमानस्थमा आफ्ना जहाज मार्फत सेवा दिने दीर्घकालीन योजना बनाएको हो ।
अन्तर्रा्ष्ट्रिय उडानमा मात्रै ध्यान दिँदा निगमको आन्तरिक बजार खस्कनुका साथै निजी क्षेत्रमा विमान कम्पनीले हिस्सा बढाएको पाइएपछि निगम आक्रामक रुपमा बजार विस्तारका लागि कार्ययोजना सहित प्रस्तुत हुन लागेको हो ।
हाल निगमसँग आन्तरिक उडानका लागि चीनबाट आयात गरिएको छवटा विमान र पूराना दुईवटा विमान गरी कूल आठवटा विमान रहेका छन् । आन्तरिक तथा बाह्य उडानलाई सँगसँगै प्रमुख सहज हवाई सेवा सञ्चालनका लागि सरकारले भन्दै सरकारले मुलुकको हवाई सेवाको पहुँच देशव्यापी भए पनि यसका चुनौती भने कायम रहेका छन् ।
निगमका महाप्रबन्धक सुगतरत्न कसांकारले अन्तर्राष्ट्रिय सेवासँगसँगै आन्तरिक सेवा पनि उत्तिकै महत्वपूर्ण रहेकाले त्यसमा विशेष ध्यान दिइएको जानकारी दिनुभयो । महाप्रबन्धक कसांकारले भन्नुभयो, “आन्तरिक सेवामा पनि हामी चाँडैनै जति विमानस्थल चालू छन्, त्यहाँ नाफा घाटा नहेरिकन देश र जनताको सेवाको लागि सामाजिक र आर्थिक विकासको लागि त्यहाँ हामीले सेवा दिन्छौँ ।”
विमानस्थल भएका जिल्लामा हप्ताको एउटा मात्रै उडान भए पनि १९ सीट क्षमताको विमानमा दुई जना यात्रु भएपनि नियमित उडान राखेर सेवा दिने निगमको प्रण छ । “अन्तर्राष्ट्रिय सेवाको ग्राउण्ड ह्याण्डलिङबाट नाफा कमाएर देशका दुर्गम र विकट क्षेत्रमा नाफा नहेरिकन हामीले चलाउनैपर्छ । चलाउँछौ । यो हाम्रो दायित्व हो ।”
निगमलाई वास्तविक रुपमा व्यावसायिक र प्रतिस्पर्धी बनाउन लागि परेको जानकारी दिँदै महाप्रबन्धक कसांकारले निगमको सबै सेवालाई चुस्त, दुरुस्त बनाएरै छाडिने दृढता व्यक्त गर्नुभयो । अधिकांश जिल्लामा हवाई सञ्जाल विस्तार भएको छ, तर पनि प्रभावकारी रुपमा सञ्चालनमा भने आउन सकेको छैन । भौगोलिक कठिनाइ, मौसमी अवस्था र पूर्वाधार विस्तार प्रभावकारी नहुँदा विमानस्थल प्रभावकारी बन्न नसकेका हुन् ।
मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको उद्योगको सङ्ख्यामा वृद्धि भएको छ । सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्नका लागि पनि पछिल्लो समय उद्योगमा लगानी गर्नेको सङ्ख्यामा वृद्धि भएको हो । विसं २०७४ मा सङ्घीय तथा प्रदेशसभाको निर्वाचन भएसँगै भएको स्थायी सरकारका कारण पनि गत वर्षको तुलनामा यस वर्ष ठूला,