mobile

अग्निदहन चलचित्रको समूह सम्मानित

By RSS on Jul 02,2018 - 10:43

यस वर्षको विशेष चलचित्र पुरस्कारबाट चलचित्र अग्निदहनका निर्देशक तथा कलाकारहरु पुरस्कृत हुनु भएको छ । नेपाल चलचित्र विकास बोर्डबाट घोषणा गरिएको सो पुरस्कारबाट चलचित्र पत्रकार संघ कास्की र पोखरा फिल्म सोसाइटीले आइतबार यहाँ संयुक्तरुपमा सम्मान गरेका छन् । चलचित्र पत्रकार संघका उपाध्यक्ष राजाराम पौडेल र पोखरा फिल्म सोसाइटीमा अध्यक्ष जीतेश प्रधानले संयुक्तरुपमा आयोजित एक समारोहका बीच चलचित्रका निर्देशक घनश्याम लामिछानेसहित कलाकारलाई सम्मान गर्नुभएको हो । सम्मानित हुने अन्य कलाकार प्रमिला तुलाचन, तुलसा जिसी, निर्मल लामिछाने र ताराबहादुर गुरुङ हुनुहुन्छ । सम्मान कार्यक्रममा पोखरा फिल्म सोसाइटीका अध्यक्ष जीतेश प्रधानले अग्निदहनले पाएको सफलताले पोखरामा क्रियाशील कलाकर्मीको हौसला बढाएको बताउनुभयो । 

चलचित्र पत्रकार संघ कास्कीका उपाध्यक्ष राजाराम पौडलले पोखराबाट निर्माण भएको सामाजिक चलचित्र अग्निदहन पुरस्कृत हुनु समग्र पोखरेलीका लागि गौरवको विषय भएको उल्लेख गर्नुभयो । निर्देशक घनश्याम लामिछानेले आफूहरूले प्राप्त गरेको पुरस्कार आफूहरूले मात्र नभई सिंगो पोखराले पाएको बताउँदै पुरस्कारले हौसलासँगै जिम्मेवारी थपेको धारणा राख्नुभयो । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालद्वारा निर्मित बोक्सी प्रथाको विषयमा बनेको यस चलचित्रको प्रस्तुतकर्ता कोविदशरण उपाध्याय हुनुहुन्छ भने निर्माताद्वय भुवनेश्वर शर्मा पौडेल र मोहनराज पौडेल हुनुहुन्छ । (रासस)

ट्याग -  सम्मानित

SUGGESTED ARTICLES

img
अध्यारोबाट उज्यालोमा जाने चित्रकला “तमसोमा ज्योतिर्गमय“

चित्रकार सन्ध्या रेग्मीको नवौ एकल चित्रकला प्रदर्शनी “तमसोमा ज्योतिर्गमय“ शीर्षकमा नेपाल कला परिषदमा प्रदर्शनी भइरहेको छ । यही असार २३ गतेदेखि शुरु भई असार २९ गतेसम्म चल्ने प्रदर्शनीमा ३३ वटा बत्ती, ॐ, गायत्री मन्त्र, महामृत्युजन्य मन्त्र लगायत यथार्थवादी, अमुर्त र अर्धमुर्त शैलीका चित्रहरु राखिएका छन् । कलाकार रेग्मीले ५ बर्षदेखि गरेको सिर्जना र मेहनतबाट निर्माण भएका ती चित्र अध्यात्मवादसँग


by RSS | Jul 12

img