mobile

दुर्घटनामा तीनको मृत्यु

By RSS on Jul 10,2018 - 12:33

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकास्थित झिलझिले सडकखण्डमा मोटरसाइकलको ठक्करबाट भारत घर भई झिलझिलेस्थित समिर ग्यारेजमा काम गर्ने १९ वर्षीय महमद सहनीको मृत्यु भएको छ । सोमबार राति पैदल हिँडिरहेका उनलाई पश्चिमबाट पूर्व आउँदै गरेको मे ५ प ६८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । यसैबीच बाह्रदशी गाउँपालिका–६ निवासी ४० वर्षीय सेन्कुवा राजवंशीले चलाएको मोटरसाइकल सोमबार राति अनियन्त्रित भई पल्टिँदा उनको मृत्यु भएको छ । बिर्तामोडबाट घर जाँदै गरेका राजवंशीले चलाएको को २९ प ४४६९ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते भएका राजवंशीको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

यसैगरी दमकस्थित जनज्योति निमाविको ढोका भत्किँदा एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार विद्यालयको परिसरमा खेल्दै गरेका इलाम, चुलाचली गाउँपालिका–३ निवासी १० वर्षीय रिजन लिम्बूको ढोकाले थिचेर मृत्यु भएको थियो । (रासस)

ट्याग -  मृत्यु

SUGGESTED ARTICLES

img
फिलिपिन्समा भयानक आँधीमा परी मृत्यु हुनेको सङ्ख्या ८१ पुग्यो  

फिलिपिन्समा ‘म्याङ्कुट’ नामक भयानक आँधीमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ८१ पुगेको प्रहरीले बुधबार जानकारी दिएको छ। यस प्रकोपमा परी अझै पनि ७० बेपत्ता रहेका र बेपत्ता भएका व्यक्तिहरु प्रायःभीषण आँधीपछि आएको पहिरोमा पुरिएको हुनुपर्ने अनुमान गरिएको छ। 


by Anu Rana | Sep 20

img