mobile

साइबर अपराध समस्याका रुपमा

By RSS on Jul 10,2018 - 12:52

सामाजिक सञ्जालमार्फत व्यक्ति, संस्था र समूहलाई गाली गरेर वा चरित्र हत्या गरेर रमाउनेको जमात बढेसँगै साइबर अपराधका घटना दिनहुंँ बढिरहेको छ ।
सामाजिक सञ्जालमा मन नपरेका व्यक्ति वा समूहलाई गाली गर्ने मात्र होइन, मनोगत कुण्ठा पोख्दा साइबर अपराधमा परिने कुरा धेरैलाई थाहा छैन ।
जष्ट से नो नेपाल नामक संस्थाले सोमबार साइबर अपराध र कानूनी व्यवस्थाका बारेमा फरक उमेर समूहका व्यक्तिलाई जानकारी दिएको थियो । कार्यक्रममा विराटनगर महानगरका प्रमुख भीम पराजुलीले साइबर अपराध पछिल्लो समय समस्याका रुपमा आएकाले यसलाई विद्यालयस्तरबाट बालबालिका र सामाजिक अभियानका रुपमा लैजानुपर्ने धारणा व्यक्त गर्नुभयो ।(रासस)

ट्याग -  साइबर अपराध

SUGGESTED ARTICLES

img
प्रहरी युनिट स्थापना हुने भएपछि स्थानीयवासी उत्साहित

यहाँको पञ्चकन्या गाउँपालिकामा इलाका प्रहरी कार्यालय स्थापना गर्ने सरकारको तयारीले स्थानीयवासी उत्साहित भएका छन् । गाउँपालिकाभित्र एउटा पनि प्रहरी युनिट नभएर अस्थायी प्रहरी चौकी स्थापना गर्न पहल गर्दै आइरहेको समयमा नेपाल सरकारले ‘क’ वर्गको इलाका प्रहरी कार्यालय (इप्रका) स्थापना गर्ने निर्णयले खुशी छाएको गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ (रमेश)ले बताउनुभयो । उहाँका अनुसार सरकारले प्रहरी निरीक्षकको नेतृत्वमा ४० जनाको दरबन्दी


by RSS | Today, 10:26 AM

img