mobile

काम नगर्ने कम्पनीलाई दण्डित गर्नुपर्छ

By RSS on Jul 10,2018 - 14:27

नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रदेशसभा सदस्य पशुपति चौलागाईंले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सम्बन्धित वैदेशिक रोजगार कम्पनीसँग समझदारी भएअनुसार काम र ज्याला उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श संघद्वारा यहाँ सोमबार आयोजित कार्यक्रममा उहाँले यस व्यवसायलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन श्रमिकलाई सम्झौता अनुसारको कार्य नगर्ने कम्पनीलाई सरकारले दण्डित गर्नुपर्ने बताउनुभयो ।

कीर्तिमानी आरोही आङकामी शेर्पाले वैदेशिक रोजगारमा गएर ठगिएका पीडितलाई निरन्तर सहयोग दिने उद्देश्यका साथ स्थापित उक्त संस्थासँग आफूले सहकार्य गर्ने बताउनुभयो । संघका अध्यक्ष दीपक राउत क्षेत्रीले विदेशमा रहेका नेपाली श्रमिक कुनै पनि रुपमा ठगिएर आफ्नो संस्थामा उजुरी आए उनीहरुलाई न्याय दिन आफूहरु क्रियाशील रहेको बताउनुभयो । उक्त कार्यक्रममा संस्थाद्वारा प्रकाशित स्मारिका पनि विमोचन गरिएको थियो । (रासस)

ट्याग -  दण्ड

SUGGESTED ARTICLES

img
राष्ट्रिय गौरवका आयोजना स्थानीय तहले अनुगमन गर्नुपर्छ : नेता शर्मा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजनामा स्थानीय तहले नै अनुगमन गर्नुपर्नेमा जोड दिनुभएको छ । मध्यपहाडी लोकमार्गको अनुगमनका क्रममा बागलुङ आउनुभएका उहाँले राष्ट्रिय गौरवका आयोजनाले पहिलो फाइदा स्थानीय तहलाई हुने भएकाले आफ्नो क्षेत्रभित्र पर्ने आयोजनाहरु अनुगमन गर्न सुझाव दिनुभएको हो । 


by RSS | Nov 16

img