mobile

बैँकिङ कारोवारले सदरमुकाममा भिडभाड

By RSS on Jul 10,2018 - 14:32

जिल्लाका स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा सदरमुकामका बैंकमा उपभोक्ताको भिडभाड रहेको छ । सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा सेवाग्राहीको भिड बढ्दै गएको छ । असारको शुरुवातदेखि नै बैंकमा भिड लागेको हो । स्थानीय तहमार्फत सञ्चालित योजनाको भुक्तानी लिनेको भिड वाणिज्य बैंकमा लाग्ने गरेको छ । बैंकमा दिनभर लाइन लागेपछि मात्रै पालो आउने गरेको सेवाग्राहीले बताएका छन् । बैंकिङ कारोवारकै लागि सदरमुकाम आउनुभएका दोगडाकेदार गाउँपालिकाका भुपेन्द्र भण्डारी ग्लोबल बैंक स्थापना भएपनि सबै कारोवार वाणिज्य बैंकमार्फत हुने गरेको बताउनुहुन्छ ।

गत वर्ष साउनमै स्थानीय तहमा बैंक स्थापना हुने भनिए पनि केही स्थानीय तहमा अझै पनि बैंक स्थापना भएको छैन । सदरमुकाममा अन्य बेला सुनसान भए पनि असार शुरु भएदेखि निकै भिड बढेको छ । बैंकबाट भुक्तानी लिनेको सदरमुकाममा भिड बढ्दा कारोवार बढेको स्थानीय व्यापारी विनोदबहादुर चन्दले बताउनुभयो । जेठमै सम्पन्न भएका योजनाको भुक्तानी दिन ढिलाइ हुँदा असारमा उपभोक्ताको भिडभाड बढेको हो । स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारण बैंकिङ कारोबारका लागि सदरमुकाम धाउन बाध्य छन् ।(रासस)

ट्याग -  बैँकिङ कारोवार

SUGGESTED ARTICLES

img
नेपालमा अन्नबाली आयात वर्षेनी बढ्दै

मुलुकमा धान, मकै, गहुँ, जौ, फापर र कोदोजस्ता अन्नबालीको आयात केही वर्षदेखि बढ्दै गएको पाइएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार आव २०७४/०७५ को जेठ मसान्त ९१( महिना) भित्र रु ४१ अर्ब ३२ करोडको अन्न आयात भएको छ । सोही अवधिमा करीब रु एक करोड ६४ लाख बराबरको स्वदेशी अन्नबाली निर्यात भएको छ ।


by RSS | Jul 17

img