mobile

सर्पदंशबाट एकको मृत्यु

By RSS on Jul 11,2018 - 12:44

विषालु सर्पदंशबाट सिरहाको गोलबजारमा मंगलबार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलबजार नगरपालिका–८ चोहर्वा भाइजीटोल निवासी ५५ वर्षीय देवलाल उराउ रहेका छन् । घरमै खाना खाएर सुत्न जाने बेलामा उराउलाई गोमन सर्पले टोकेको थियो । सर्पले टोकेलगत्तै उपचारको लागि चोहर्वास्थित जयकाली सर्पदंश उपचार केन्द्र चोहर्वामा भर्ना गरिए पनि त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि धरान लग्दैगर्दा बाटोमै उनको मृत्यु भएको परिवारजनले बताएका छन् ।(रासस)

ट्याग -  मृत्यु

SUGGESTED ARTICLES

img
सडक बन्द नगर्न मेलम्ची आयोजनासँग माग

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने नाममा पुस्तौँदेखि सञ्चालनमा रहेको सुन्दरीजलको पुरानो बाटो बन्द नगर्न स्थानीयवासीले माग गरेका छन् । सुन्दरीजलबाट शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज हुँदै चिसापानी, हेलम्बु, लाङ्टाङ, मेलम्चीलगायत जाने मोटरबाटो बन्द गरी आयोजनाले अधिग्रहण गरेको जग्गाका छेउबाट नयाँ सडक खोल्ने योजना अघि सारेको स्थानीय सुशील सिम्खडाले बताउनुभयो । 


by RSS | Today, 03:58 PM

img