mobile

दूधमा अनुदान

By RSS on Jul 11,2018 - 13:01

भरतपुर महानगरपालिकाले दुग्ध उत्पादक कृषकले प्रत्यक्षरुपमा पाउने गरी अनुदान दिन शुरु गरेको छ । महानगरले दुग्ध उत्पादक सहकारी संस्था, दुग्ध संकलन केन्द्र र निजी डेरीमार्फत कृषकलाई प्रतिलिटर २५ पैसाका दरले अनुदान दिन शुरु गरेको हो । महानगरको पशु सेवा शाखाका प्रमुख डा विकास श्रेष्ठका अनुसार यस वर्षको गत साउन महिनाबाट पुस १५ गतेसम्म दूध बिक्री गरेका कृषकलाई अनुदान दिइएको हो ।

उहाँका अनुसार बजेट कम भएका कारण वर्षभरि दिन नसकिएको हो । कार्यालयले आह्वान गर्दा ५२ वटा सहकारी संस्था, दुग्ध संकलन केन्द्र र निजी डेरीले निवेदन दर्ता गराएपछि उनीहरूले संकलन गरेको दूधको आधारमा उनीहरूकै खातामा रकम जम्मा गरिएको हो । कार्यालयले रु १६ लाख ७० हजार संस्थाको खातामा पठाएको छ । आउँदो वर्ष एक करोड ५० लाख लिटर दूध संकलन हुने अनुमान गरिएको छ । सो वापत अनुदान दिन ३५ लाख रुपैयाँ कार्यक्रममा राखिएको उहाँले बताउनुभयो । (रासस)

ट्याग -  अनुदान

SUGGESTED ARTICLES

img
शेयर बजार : सामान्य गिरावट

धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.७४ बिन्दुले घटेर एक हजार २५५.०७ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५१ बिन्दुले घटेर २६६.०९ बिन्दुमा पुगेको छ । कूल १६७ कम्पनीको २० लाख १५ हजार ८२९ कित्ता शेयर रु ५५ करोड ५० लाख


by RSS | Sep 20

img