mobile

कानून निर्माणलाई तीव्रता दिएको छः मुख्यमन्त्री शंकर

By RSS on Jul 11,2018 - 14:16

मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं. ५ को विकास र समृद्धिका लागि सरकारले प्रादेशिक योजना आयोग बनाएर योजना निर्माण गरिरहेको बताउनुभएको छ । बेलायत अन्तर्राष्ट्रिय सहयोग नियोग (डिएफआइडी) का देशीय प्रमुख डा रुरिक मार्सदेनसंगको भेटमा उहाँले भन्नुभयो, “अहिले कानून निर्माणलाई प्रदेश सरकारले तीव्रता दिइरहेको छ ।” मुख्यमन्त्री पोखरेलले समुदायलाई लाभ पुग्ने र नतिजा दिने खालका विकास परियोजनामा जोड दिएर अघि बढ्न डिएफआइडीलाई आग्रह गर्नुभयो । डिएफआइडीका प्रमुख डा मार्सदेनले सरकारका प्राथमिकताप्राप्त योजना र व्यवस्थित शहरीकरणका लागि डिएफआइडीले प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै डिएफआइडीेले नेपालको स्वास्थ्य क्षेत्रमा काम गरिरहेको छ भन्नुभयो ।(रासस)

ट्याग -  कानून निर्माण

SUGGESTED ARTICLES

img
नेपाल–चीन सम्बन्ध विस्तार र सम्झौता कार्यान्वयनमा भ्रमण केन्द्रित   

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो चीन भ्रमण दुई पार्टीबीचको सम्बन्ध विस्तार र दुई सरकारबीच भएका सम्झौता कार्यान्वयनमा केन्द्रित रहेको बताएका छन् ।


by Anu Rana | Sep 20

img