mobile

बेनी–जोमसोम सडक अवरुद्ध

By RSS on Jul 11,2018 - 15:29

अन्नपूर्ण गाउँपालिका–ं ३ दानाको तितरमा गएराति आएको पहिरोका कारण मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । सडकखण्डको माथिल्लो भागबाट खसेको पहिरो पन्छ्याउने प्रयास भइरहेको शर्मा गजुरमुखी अयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । अवरुद्ध सडकको माटो र ढुंगा पन्छ्याउन मेसिन प्रयोग गरिएको छ । पहिरो गएको ठाउँ टाढा रहेकाले बस्तीलाई कुनै असर नगर्ने उहाँले बताउनुभयो । सडक अवरुद्ध हुँदा बेनी हुँदै मुस्ताङ र मुस्ताङबाट फर्किने यात्रु अलपत्र परेका छन् । बेनी–जोमसोम–कोरला सडक निर्माणधिन अवस्थामा छ । सडक विस्तार गर्ने जारी रहेकाले ठाउँठाउँमा पहिरोको सम्भावना छ । (रासस)

ट्याग -  बेनी–जोमसोम सडक

SUGGESTED ARTICLES

img
झोलुङ्गे पुल विस्तारसँगै घट्यो जोखिम

जिल्लामा झोलुङ्गे पुल विस्तारसँगै खोला तर्दा हुने जोखिम घट्न थालेको छ । भौगोलिक बनावटका कारण जिल्लाका अधिकांश ठाडो खोला हुने र त्यहाँ आवतजावत गर्दा जोखिम हुँदै आएको थियो । जिल्ला समन्वय समितिअन्तर्गतझोलुङ्गे पुल सहयोग कार्यक्रमबाट झोलुङ्गे पुल विस्तार भएको हो । आवतजावतमा समस्या भोग्दै आएका समुदायलाई प्राथमिकता दिई कार्यक्रम सञ्चालन भइरहेको जिससका सब–इञ्जिनियर तीलक केसीले बताउनुभयो ।


by RSS | Today, 11:30 AM

img