mobile

भ्रष्टाचार, ढिलासुस्ती र काममा लापर्वाही भइरहेको छः तिमिल्सिना

By RSS on Jul 13,2018 - 11:22

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भ्रष्टाचार र अनियमिततालाई शून्यमा झार्न जनप्रतिनिधिसँग आग्रह गर्नुभएको छ । जिल्ला समन्वय समितिको दोस्रो जिल्लासभालाई बिहीबार साँझ सम्बोधन गर्दै तिमिल्सिनाले स्थानीय तहमा केही लोभी पापी मन सक्रिय बन्दै गएको र भ्रष्टाचार, ढिलासुस्ती र काममा लापर्वाही भइरहेको गुनासो आएको बताउँदै नागरिकलाई विनाझण्झट सेवा प्रवाह गर्न, बिचौलियाको अन्त्य गर्न तथा कमिसन त्याग्न आग्रह गर्नुभयो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदम गिरीले पाँच वर्षभित्र निर्वाचनअघि गरेका सबै वाचा पूरा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले विकास निर्माणमा सबै पक्ष समन्वय गरेर अघि बढ्नुपर्ने बताउनुभयो । (रासस)

ट्याग -  लापर्वाही

SUGGESTED ARTICLES

img
प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यलय धुम्बाराहीमा आज आयोजित श्रद्धाञ्जलि सभामा प्रधानमन्त्री ओलीले प्रदेशसभा सदस्य वलीको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले नेकपाका एकजना होनोहार युवा नेताको निधनले सिङ्गो पार्टी र देशलाई नै क्षति पुगेकोे उल्लेख गर्नुभयो ।


by RSS | Today, 05:17 PM

img