mobile

पहिराले १२ घर उच्च जोखिममा

By RSS on Jul 13,2018 - 11:42

अविरल वर्षाले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ स्थित खनालथोकमा–१२ घर उच्च जोखिममा छन् । बस्तीको तलमाथि दुवैतिरबाट सडक खनिएका कारण माथिबाट माटो झरेको र तलबाट माटो बग्ने गरेको हुँदा ती घर उच्च जोखिममा परेको प्रहरीचौकी भोटेचौरले जनाएको छ । भूकम्पपीडितले निजी आवास निर्माण गर्ने सामान लान डोजरद्वारा सडक खनेको हुँदा तीन घर आधा पुरिएको दुई घर आधा ढल्केको तथा सात घरसहित १२ घर उच्च जोखिममा परेका छन् । स्थानीयवासी रामचन्द्र खनाललगायत १२ घर परिवारले सामान सारिसकेको र उनीहरुलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै मेलम्ची नपा–२ भोटेचौरस्थित जैसी गाउँमा पनि बिहीबार राति एक विश्रामस्थल पुरिएको छ । नगरपालिकाले खनेको चक्रपथको ढुंगा माटो झरेर सञ्चालक परशुराम खतिवडाको टहराको आधा भाग पुरेपछि त्यहाँ सुतिरहेका पाँच परिवार राति नै भागेर ज्यान बचाउन सफल भएको वडा सदस्य नगेन्द्रप्रसाद खतिवडाले जानकारी दिनुभयो । अविरल वर्षाले अरनिको राजमार्गको बाह्रबीसे–तातोपानी सडकखण्डको दश किलोको दुई तीन स्थानमा माथिबाट पहिरो भरेर सडक अवरुद्ध भएको छ । त्यहाँ आज पनि निरन्तर वर्षा भइरहेकाले पन्छाउन समस्या भइरहेको सीमा प्रहरी कोदारीले जनाएको छ । त्यसै गरी लामोसाँघु–जिरी सडकअन्तर्गत मुढे खण्ड र मेलम्ची–भोताङ सडकखण्डको तिपेनीमा गएको पहिराले सडक अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक विमल कँडेलले जानकारी दिनुभयो । (रासस)

ट्याग -  जोखिम

SUGGESTED ARTICLES

img
प्रभावकारी बन्दै ‘समुदाय प्रहरी साझेदारी’

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको अगुवाइमा झण्डै चार महीनादेखि सञ्चालनमा रहेको ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ जिल्लामा प्रभावकारी देखिएको छ । अभियानअन्तर्गत प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने अपराध, घटना तथा सामाजिक विकृति नियन्त्रणमा स्थानीय नागरिक अग्रसर हुन थालेका छन् । प्रहरीले विद्यालयदेखि समुदायसम्म सचेतनामूलक कार्यक्रम गर्दा त्यसबाट पाएको शिक्षाले नागरिक जागरुक भएको


by RSS | Feb 20

img