mobile

श्रावण अन्तिम हप्ता कक्षा १२ को नतिजा सार्वजनिक हुुने

By RSS on Jul 13,2018 - 13:08

 


२०७५ सालमा संचालित कक्षा १२ को नतिजा यहि श्रावण अन्तिम हप्ता सम्ममा सार्वजनिक हुुने भएको छ ।यस परीक्षामा नियमित तर्फ दुई लाख ९८ हजार ९८७ र आंशिक तर्फ १ लाख १६ हजार २६६ गरि जम्मा चार लाख १५ हजार २५३ बिद्यार्थी सम्मेलित भएका थिए ।

“नतिजा सम्भव भएसम्म श्रावण तेस्रो हप्ता नभए अन्तिम हप्ता सम्म प्रकाशन गर्ने गरि काम गरिरहेका छौं, ” परीक्षा नियन्त्रण कार्यालयका एक अधिकारीले भने ।उनका अनुसार विभिन्न केन्द्रमा सम्परिक्षणको काम धमाधम भैरहेको र चाडै डाटा इन्ट्री र रुजु गर्ने कामसमेत सुरु गरिने बताइएकोे छ ।

पहिलो चरणमा बिज्ञान बिषयको नतिजा प्रकाशन हुने र त्यसको केही समय पछि अन्य संकायको नतिजा प्रकाशन गरिने बताइएको छ । “सबै संकायको नतिजा एकैपटक प्रकाशन गर्ने कुरा समेत भैरहेको छ, तर यस बारेमा अहिल्यै केहि भन्न सकिदैन, ” उनले भने ।

अक्षराङ्कन (ग्रेडिङ) पद्दतिमा आधारित रहेर प्रकाशित हुने बताइएकोे छ । प्रकाशित नतिजामा विभिन्न विषयमा ‘डी’ वा सो भन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि गराउन चाहाने परीक्षार्थीको लागि ग्रेडवृद्धि परीक्षाको समेत व्यवस्था छ ।

नतिजा कसरी हेर्ने ?
नतिजा प्रकाशन भैसकेपछी ईन्टरनेट वा मोबाईल एसएमएसमा नतिजा हेर्न सकिन्छ ।
यस्को लागि सबैभन्दा पहिले, तपाईको मोबाइल फोनको सन्देश बक्समा जानुहोस्।

NEB सिम्बोल नम्बर टाइप गर्नुहोस् र परिणामको लागि सटकोड ३१००३, मा पठाएर सजिलै कक्षा १२ को परिणामहरू हेर्न सक्नुहुनेछ।

ट्याग -  कक्षा १२ को नतिजा

SUGGESTED ARTICLES

img
पहिलो पटक इन्जिनियरिङ विषयको पढाइ शुरु

ग्रामीण क्षेत्रको रैनादेवी छहरा गाउपालिकाको कालिका सामुदायिक विद्यालयले पहिलो पटक तीन वर्षे सिभिल इञ्जिनीयरिङ विषयको पढाइ शुरु भएको छ । गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले सिभिल इञ्जिनीयरिङ विषयको अध्ययनले दक्ष जनशक्ति उत्पादनमा सहज हुने र बढ्दो बेरोजगार समस्या पनि समाधान हुने बताउनुभयो । यस वर्ष प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषद्बाट विद्यालयलले सिभिल इञ्जिनीयरिङ विषय सञ्चालन गर्ने


by RSS | Today, 11:08 AM

img