mobile

दक्षिण एशियाली तेक्वान्दो प्रतियोगिता शुरु

By RSS on Jul 13,2018 - 17:56

दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता काठमाडौँमा आजदेखि शुरु भएको छ । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो संघद्वारा आयोजित उक्त प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले एक कार्यक्रमबीच गर्नुभयो । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन र तुर्किमिनिस्तानका खेलाडी सहभागि छन् । उद्घाटन कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले यस किसिमको प्रतियोगिताले खेलक्षेत्र र खेलाडीको स्तरोउन्नति हुने बताउनुभयो ।

प्रतियोगितामा जुनियर र सिनियरका उमेर समूह, तौल समूहमा स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन, टिम प्याट्रन तथा सेल्फ डिफेन्समा प्रतिस्पर्धा हुनेछ । यही असार ३१ गतेसम्म हुने उक्त प्रतियोगितामा १५० स्वर्ण, १५० रजत र ३०० कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । उक्त प्रतियोगितामा रु ४० लाख खर्च हुने आयोजकले जनाएको छ । (रासस)

ट्याग -  तेक्वान्दो प्रतियोगिता

SUGGESTED ARTICLES

img
साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना

नेपाल सरकारले हिमाली पर्यटकीय जिल्ला मुस्ताङमा साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको छ । घरपझोङ गाउँपालिका–२ मार्फामा बिहीबार शुरु भएको ‘४८आँै थाक खेलकूद प्रतियोगिता’ उद्घाटन कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले मुस्ताङमा हाइ अल्टिच्युड र साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना गर्न लागिएको जानकारी दिनुभएको हो । 


by RSS | Today, 12:01 PM

img