mobile

नेत्रज्योति संघमा धरेल

By RSS on Jul 16,2018 - 11:30

नेपाल नेत्रज्योति संघ चितवन शाखाको आइतबार सम्पन्न २० औँ वार्षिक साधारणसभा एवं अधिवेशनले कृष्णराज धरेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको सदस्यमा जयराम श्रेष्ठ, डा उन्नत श्रेष्ठ, तेजेन्द्रबहादुर खड्का, शान्तकुमार पिया रहनुभएको छ । यस्तै ऋषिराम पौडेल, केशवप्रसाद अधिकारी, नवराज सापकोटा, सिद्धार्थलाल चुके, केशव देवकोटा, कस्तुरी श्रेष्ठ, प्रेमप्रभा क्षेत्री, दिनेश खनाललाई सर्वसहमत चयन गरेको छ ।

समितिको आइतबारै बसेको पहिलो बैठकले चिरञ्जीवी सुवेदी, सुधा जोशी र नारायणप्रसाद अधिकारीलाई सदस्यमा मनोनीत गरेको छ । समितिका निर्वतमान सभापति चिजकुमार मास्के र वडा नम्बर १० का वडाध्यक्ष अरुणपीडित भण्डारी पदेन सदस्य रहने व्यवस्था रहेको छ । संघले भरतपुरमा आँखा अस्पताल सञ्चालन गर्दै आएको छ । (रासस)

ट्याग -  नेत्रज्योति संघ

SUGGESTED ARTICLES

img
मेलम्ची सुरुङको अन्तिम काम ७।३ किमी बाँकी

मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम काम अझै ७ दशमलव ३ किमी बाँकी छ । सुरुङभित्रको ढलान गर्न अझै २९ प्रतिशत बाँकी रहेको हुँदा तदारुकताका साथ काम हुन सके अबको ३५ दिनभित्र सम्पन्न हुने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी सिनियर इञ्जिनीयर राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । 


by RSS | Oct 15

img