mobile

सिद्धार्थ ईन्स्योरेन्सको एकै साथ छ वटा शाखा सञ्चालनमा

By RSS on Jul 18,2018 - 11:03

 

सिद्धार्थ ईन्स्योरेन्स लि. को सबै प्रदेशमा निर्जीवन बीमा सेवा विस्तार गर्ने लक्ष्य अनुरुप श्रावण १ गते एकै साथ ६ स्थानबाट शाखा सञ्चालनमा ल्याएको छ । शाखा सञ्जाल विस्तारको क्रममा कास्कीको बुद्धचोक, सिराहको मिरचैया, रौतहटको चन्द्रनिगाहपुर, सुनसरीको इनरुवा, वाराको निजगढ, मोरङ्गको विराट चोकमा शाखा सञ्चालन गरेको छ । यसै क्रममा इनरुवा शाखाको उद्घाटन इनरुवा नगरपालिकाका मेयर राजन मेहता र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक दीपक धूत र नीजगढ शाखाको उद्घाटन नीजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल र कम्पनीका बरिष्ठ प्रबन्धक बद्री बहादुर अधिकारीले संयुक्त रुपमा गर्नुभएको थियो । यसबाट बीमाको पहुुँचलाई आम नागरिक सम्म पु–याउन सहयोग मिल्ने र उद्योगी व्यवसायीहरुले छिटो छरितो एवं प्रभावकारी बीमा सेवा प्राप्त गर्नेमा कम्पनी विश्वस्त रहेको छ । यो शाखा विस्तार सँगै मूलुकभर यस कम्पनीको ६१ वटा शाखा तथा २ वटा एक्सटेन्सन काउण्टर भएको छ ।

अब सातै प्रदेशमा आफ्नो शाखा सञ्जाल मार्फत बीमा सेवा विस्तार गरी गुणस्तरीय एवं प्रभावकारी रुपमा कृषि तथा पशुपन्छी सहित सम्पूर्ण निर्जीवन बीमा सेवा प्रदान गर्नेछ । आर्थिक वर्ष २०७४/०७५ मा कम्पनीले रु १,७८,९२,९८,९९५/– बीमा शुल्क आर्जन गरेको कम्पनीले जनाएको छ ।

ट्याग -  सिद्धार्थ ईन्स्योरेन्स

SUGGESTED ARTICLES

img
च्याङ्ग्रा महँगियो

यस दशैँमा च्याङ्ग्राको भाउ महँगिएको छ । गत वर्षको तुलनामा रु चार हजार बढीमा च्याङ्ग्रा खरीद गरेको यहाँका व्यवसायीले बताएका छन् । च्याङ्ग्रा कम आउनु, ठाँउठाँउमा कर लिर्नुपर्नेजस्ता कारणले मूल्य बढेको हो । चिनियाँ मुद्राको भाउ बढ्दा पनि च्याङ्ग्रा महँगिने गरेको बताइन्छ । च्याङ्ग्रा रु २७ हजारमा बेचेको व्यवसायी महेन्द्र केसीले बताउनुभयो । 


by RSS | Oct 15

img