mobile

पहाडी क्षेत्रका सडकमार्ग अवरुद्ध

By RSS on Jul 24,2018 - 11:57

निरन्तरको वर्षाका कारण सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुर जिल्लाको साउने खाँबु तथा छामलिङ फोक्सिङटार क्षेत्रका सडकहरुमा पहिरो झरेपछी उक्त सडकखण्ड अवरुद्ध भएको छ । गाईघाट दिक्तेल सडक कार्यालयका अनुसार साउने खाँबु क्षेत्रको पहिरो हटाउने कार्य भइरहेको र छामलिङ फोक्सिङटार क्षेत्रमा सडक अवरुद्ध हटाउने कार्य भइरहे पनि अझै सवारी सुचारु हुन नसकेको छैन । पहिरो हटाउने कार्य हुँदै गरे पनि पहिरो झर्ने क्रम नरोकिएकाले सडक अवरुद्ध सडक खुलाउन निकै कठिनाई भइरहेको गाईघाट दिक्तेल सडक कार्याले बोक्सेका प्रमुख इञ्जिनियर हरि पोखरेलले जानकारी दिनुभयो । पटक–पटकको पहिरोको कारण अहिले जिल्लाको सदरमुकाम गाईघाटदेखि पहाडी क्षेत्रको आँपटार, रौता, फोक्सिङटार, बलाम्ता खाँबुसम्म पनि यातायात सुचारु हुन सकेको छैन ।(रासस)

ट्याग -  सडकमार्ग अवरुद्ध

LATEST NEWS

SUGGESTED ARTICLES

img