mobile

शेयर बजार : सूचक घट्यो, कारोबार बढ्यो

By RSS on Aug 07,2018 - 17:15

शेयर बजार आज पनि सामान्य अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.४६ बिन्दुले घटेर एक हजार १८८ बिन्दुमा झरेको छ । क वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.२६ बिन्दुले घटेको छ । आइतबार बजार १.४३ बिन्दुले घटेर एक हजार १८९.८८ बिन्दुमा पुगेको थियो भने सोमबार पनि सामान्य अंकले गिरावट भएको थियो । आज कूल १५७ कम्पनीको नौ लाख नौ हजार ३४१ कित्ता शेयर रु २१ करोड ३७ लाख ९१ हजार ३१५ मूल्यमा खरीद बिक्री भएको छ । कारोवार रकम आइतबार र सोमबारको तुलनामा भने बढी हो ।

आइतबार शेयर रु १६ करोड ७० लाख ४९ हजार ६८४ र सोमबार रु १९ करोड १७ लाख ४८ लाख १२० बराबरको खरीद बिक्री भएको थियो । स्टकका अनुसार आज तीन उपसमूहको शेयर बढेको छ । त्यसमा होटल ३२.३४, निर्जीवन बीमा ११.०५ र अन्य समूह २.४१ रहेका छन् । बैंकिङ ०.७७, विकास बैंक १.३१, जलविद्युत् ४.९६, वित्त क्षेत्र ४.०३, उत्पादन २४.४२, माइक्रोफाइनान्स १०.८१ र जीवन बीमा समूहको शेयर ३८.८३ बिन्दुले घटेको छ । (रासस)

ट्याग -  शेयर बजार

SUGGESTED ARTICLES

img
पाँचौँ संस्करणको उद्यमशील सम्मेलन हुने

यही फागुन १७ गते पाँचाँै संस्करणको एक दिने महिला उद्यमशीलता सम्मेलन हुने भएको छ । नेपाली युवा उद्यमी मञ्चले आज पत्रकार सम्मेलनको आयोजना गरी दश वटा प्रदर्शनी कक्षसहितको सम्मेलन हुने जानकारी गराएको हो । सम्मेलनमा चितवन, विराटनगर, कास्की, जनकपुर, कैलाली, सुनसरी र धनगढी जिल्लाबाट २०० उद्यमी महिला सहभागी हुने आयोजक संस्थाको अध्यक्ष जुना माथेमाले जानकारी गराउनुभयो ।


by RSS | Feb 21

img