mobile

यस वर्षको दोस्रो क्वाटरमा हुवाईले हासिल गरेको छ 

By RSS on Aug 07,2018 - 17:49

 
 
विश्वव्यापी स्मार्टफोनको बजारमा हुवाईले दोस्रो स्थान लिएको छ । आइडीसी, एसए, क्यानलिस तथा काउन्टरपोइन्टले  हालै सार्वजनिक गरेको विश्वव्यापी चौमासिक बजार अनुगमन प्रतिवेदनममा हुवाई दोस्रो स्थानमा छ। उच्च स्तर, सर्वोत्कृष्ट प्रविधि तथा आकर्षक डिजाइनहरूका कारण हुवाईले विश्वव्यापी ग्राहकहरूमाझ लोकप्रियता तथा सकारात्मक प्रतिक्रिया बटुलि रहेको छ।अनुसन्धान तथा विकासमा निरन्तर तथा व्यापक लगानी नै हुवाईको सफलताको कारण हो। हुवाईले वार्षिक रुपमा १० प्रतिशत भन्दा धेरै कमाई अनुसन्धान तथा विकासमा लगानी गर्दछ। प्राविधिक कम्पनीहरूमा अनुसन्धान तथा विकासमा हुने लगानीका आधारमा हुवाई सन् २०१७ मा ६औँ स्थानमा परेको थियो। 
सन् २०१७ को हुवाईको वार्षिक प्रतिवेदनका आधारमा अनुसन्धान तथा विकासमा हुवाईका ४५ प्रतिशत अर्थात् करिब ८० हजार कर्मचारीहरू संलग्न थिए।
 
हुवाई कम्पनीले विश्वमा विभिन्न स्थानमा विज्ञताका लागि केन्द्रहरू खोलेको छ‚ जस्तै कि–मस्कोमा एलगरिदम केन्द्र, सान फ्रान्सिस तथा लण्डनमा यूएक्स डिजाइन केन्द्र, प्यारिसमा एस्थेटिक केन्द्र र जर्मनीमा फाइभ–जी विकास केन्द्र रहेको छ। अनुसन्धान तथा विकासका लागि विश्वकै सबैभन्दा प्रतिभावान् व्यक्तिहरूलाई नियुक्त गरिन्छ।सर्वोत्कृष्ट प्रविधि तथा प्रदर्शन क्षमता प्रदान गर्नका लागि तथा स्मार्टफोन उद्योगमा अतुलनीय स्तर कायम गराउन हुवाईले विश्वका उत्कृष्ट कम्पनीहरूसँग दीर्घकालीन साझेदारी गरेको छ।स्मार्टफोनमा सर्वोत्कृष्ट क्यामरा विकास गर्न हुवाईले सन् २०१६ देखि अप्टिकल तथा इमेज प्रविधिमा लाइकासँग सहकार्य गर्दै आएको छ। सन् २०१८ को पहिलो ६ महिनाको अवधिमा हुवाईको पी–२० प्रो स्मार्टफोनमा जडित विश्वकै पहिलो ट्रिपल क्यामराले इमेज क्वालिटीसम्बन्धी विश्वकै सबैभन्दा भरपर्दो कम्पनी डीएक्सओमार्कले  गरेको समीक्षामा सबैभन्दा धेरै अंक पाएको थियो। साथै हुवाईले म्याट सीरिज डिजाइन संस्करणका लागि लक्जरी ब्रान्ड पोर्ससँग साझेदारी गरेको जसले अल्ट्रा हाईइन्ड मार्केटमा राम्रो प्रतिक्रिया लिन सघाउनेछ।  
 
 
थप जानकारीका लागि– https://consumer.huawei.com/id/

 

ट्याग -  विश्वव्यापी स्मार्टफोन , हुवाई

SUGGESTED ARTICLES

img
सामसङको पहिलो फोल्डेबल स्मार्टफोन लञ्च  

सामसुङ्गले बुधबार आफ्नो पहिलो फोल्डेबल र फाइभ –जी स्मार्टफोन ग्यालेक्सी फोल्ड लञ्च गरेको छ । विगत केही महिनादेखि चर्चा हुदैँ आएकोमा कम्पनीले यो स्मार्टफोन लञ्च गरेको हो। ४.६ इन्चको फोल्डेबल स्मार्टफोन खोलिएपछि ७.४ इन्चको ट्याबलेटमा परिवर्तन हुन्छ । यसको मूल्य १ हजार ९ सय ८० डलर अर्थात् लगभग दुई लाख २५ हजार रुपैयाँ हो ।


by Anu Rana | Feb 21

img