mobile

पासाङल्हामु राजमार्ग अवरुद्ध

By RSS on Aug 09,2018 - 15:08

पासाङल्हामु राजमार्गको त्रिशूली– वेत्रावती खण्डको विदुर नपा–१ सिम्बुटारको खोल्सीमा सडक भासिएर खसेकाले यातायात अबरुद्ध भएको छ ।
अविरल वर्षाका कारण आज बिहान सडक भासिँदा काठमाडौंँबाट रसुवा र रसुवाबाट काठमाडौंँतर्फ हिँडेका सवारीसाधन रोकिएका छन् ।
सडक भत्किएपछि साना सवारीसाधन मात्र सञ्चालन भएकामा अहिले भत्किएको सडक बनाउने काम भइरहेकाले सबैखाले सवारीसाधन रोकिएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । बस रोकिएपछि वैकल्पिक सडक नभएका कारण यात्रुहरु भत्किएको सडक पार गरी अर्को सवारीसाधन चढेर गन्तव्यतिर गइरहेका छन् । भत्किएको सडक बनाउने काम तीव्रताका साथ भइरहेकाले आज बेलुकासम्म सडक सञ्चालन हुन सक्ने प्रहरीले जनाएको छ ।(रासस)

ट्याग -  पासाङल्हामु राजमार्ग

SUGGESTED ARTICLES

img
सडक दुर्घटनामा मृत्यु

गए राति दक्षिणकाली नगरपालिकामा भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ । बा १३ च ६४४२ नं को निजी जीप हेटौँडा जाने क्रममा स्थानीय दल्खुस्थित बलामी गाउँ नजीक दुर्घटना हुँदा चोभारकी विनादेवी मण्डलको मृत्यु भएको महनगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ । दुर्घटनामा घाइते हुनुभएकी ५२ वर्षीया मण्डलको उपचारका क्रममा सिनामङ्गलस्थित केएमसी अस्पतालमा मृत्यु भएको हो ।


by RSS | Oct 15

img